काठमाडौं। नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत पोखरा एभेन्जर्स र जनकपुर बोल्ट्सबीच जारी खेलमा जनकपुरले पोखरालाई १४८ रनको लक्ष्य दिएको छ। कीर्तिपुरस्थित टियु क्रिकेट मैदानमा टस हारेर ब्याटिङको निम्तो पाएको जनकपुरले निर्धारित २० ओभरमा ६ विकेट गुमाउँदै १४७ रन जोड्यो।
जनकपुरका लागि तृत राज दासले अर्धशतकीय इनिङ्स खेल्दै सर्वाधिक ६१ रन बनाए। त्यसैगरी, अभिषेक तिवारीले अविजित २४ रन, मोइन अलीले २१ रन र जिमी निशमले ११ रन जोडे। अन्य ब्याटरले दोहोरो अङ्कमा रन बनाउन सकेनन्।
बलिङतर्फ पोखराका शकिब अल हसनले तीन विकेट लिए। यस्तै, चमिका करुणारत्नेले दुई विकेट हात पार्दा मेहदी हसन र मोहम्मद सैफुद्दिनले एक-एक विकेट लिए।

जारी प्रतियोगितामा पोखरा यसअघि सुदूरपश्चिमसँग ६ विकेटले पराजित भएको थियो। यता, जनकपुरले आफ्नो पहिलो खेलमा कर्णाली याक्ससँग १९ रनको हार बेहोरेको थियो भने दोस्रो खेलमा काठमाण्डु गोर्खाजलाई ८ विकेटले हराएको थियो।



प्रतिक्रियाहरू
कृपया सभ्य र मर्यादित भाषामा प्रतिक्रिया दिनुहोस्। अपमानजनक, मानहानिकारक वा घृणा फैलाउने प्रतिक्रियाहरू हटाइनेछन्।
अहिलेसम्म कुनै प्रतिक्रिया छैन। आफ्नो विचार राख्ने पहिलो व्यक्ति बन्नुहोस्।