धनुषाको मिथिला बिहारी नगरपालिकामा एक दम्पती मृत फेला परेका छन्।
मिथिला बिहारी नगरपालिका–३ मथिलेश्वरस्थित माइतीघरमा बस्दै आएकी ३० वर्षीया रिनादेवी यादवको घाँटीमा धारिलो हतियार प्रहार गरिएको घाउ देखिएको छ भने उनका श्रीमान् ३५ वर्षीय उमेश यादव घरदेखि करिब एक किलोमिटर टाढा रुखमा झुण्डिएको अवस्थामा मृत फेला परेका छन्।
जिल्ला प्रहरी कार्यालय धनुषाले दिएको जानकारी अनुसार रिनाको घाँटीमा धारिलो हतियार प्रहार गरिएको घाउ रहेकाले उनको हत्या भएको हुन सक्ने प्रारम्भिक अनुमान गरिएको छ। घटनाको वास्तविक कारण भने खुल्न बाँकी रहेको धनुषाका प्रहरी प्रवक्ता डिएसपी ओम प्रकाश खनालले बताए।

मिथिला बिहारी नगरपालिका वडा नम्बर ४ भरतपुर घर भएका उमेश केही दिनअघि मात्रै वैदेशिक रोजगारीबाट नेपाल फर्किएका थिए। उनी घटनाको अघिल्लो दिन मात्रै ससुराली पनि पुगेको बुझिएको।
मृतक दम्पतीका चार वर्षीय छोरा समेत घाइते छन्। बालकको एउटा तिघ्रामा पनि धारिलो हतियार प्रहार गरिएको घाउ देखिएको धनुषाका प्रहरी नायब उपरीक्षक (डीएसपी) खनालले बताए। घटनामा संलग्न व्यक्ति, घटनाको कारण र दम्पतीको मृत्युबीचको सम्बन्धबारे थप अनुसन्धान भइरहेको उनले बताए।


प्रतिक्रियाहरू
कृपया सभ्य र मर्यादित भाषामा प्रतिक्रिया दिनुहोस्। अपमानजनक, मानहानिकारक वा घृणा फैलाउने प्रतिक्रियाहरू हटाइनेछन्।
अहिलेसम्म कुनै प्रतिक्रिया छैन। आफ्नो विचार राख्ने पहिलो व्यक्ति बन्नुहोस्।