विज्ञापन
खेलकुद

दोस्रो झापा महिला गोल्डकप आगामी मङ्सिर ५ गतेदेखि हुने

झापा।दोस्रो झापा महिला आमन्त्रण गोल्डकप आगामी मङ्सिर ५ देखि १२ गतेसम्म झापाको दूधे रङ्गशालामा हुने भएको छ ।

प्रतियोगिताबारे आयोजक झापा महिला गोल्डकपले आइतबार खेलमैदानमा पत्रकार सम्मेलन आयोजना गरी जानकारी दिएको हो ।

देशकै प्रतिष्ठितमध्ये एक मानिने तथा सर्वाधिक चर्चा कमाएको प्रतियोगिताको दोस्रो संस्करणमा नेपालका तीन विभागीय टोलीसहित आठ टोलीको सहभागिता रहने आयोजक समितिका अध्यक्ष सन्तोष थापाले जानकारी दिए ।

विज्ञापन

प्रतियोगितामा नेपाल पुलिस, नेपाली सेना र सशस्त्र प्रहरीका टोलीसँगै भारत, भूटान र अर्को एक विदेशी टोली, एक ए डिभिजन क्लब तथा आयोजक टोली सहभागी हुनेछन् । आयोजकले कोशी प्रदेशका महिला खेलाडी छनोट गरी आफ्नो टोली पनि तयार पार्ने जनाएको छ ।

प्रतियोगिताको विजेताले ११ लाख र उपविजेताले पाँच लाख ५० हजार पुरस्कार पाउनेछन् । त्यस्तै, सर्वोत्कृष्ट खेलाडीले एक लाख ५० हजार प्राप्त गर्नेछन् भने उत्कृष्ट गोलकिपर, डिफेन्डर, मिडफिल्डर, प्रशिक्षक र सर्वाधिक गोलकर्तालाई जनही २५ हजार प्रदान गरिने अध्यक्ष थापाले जानकारी दिए । प्रत्येक खेलको उत्कृष्ट खेलाडीलाई १५ हजार पुरस्कार प्रदान गरिनेछ ।

प्रतियोगिता सञ्चालनका लागि एक करोड २५ लाख खर्च हुने अनुमान गरिएको छ । प्रतियोगितालाई लक्षित गरी दूधे रङ्गशालाको स्तरोन्नति भइरहेको र दर्शकका लागि बाँसको अस्थायी प्यारापिट निर्माण गरिने आयोजकले जनाएको छ ।

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो?

लेखकको बारेमा

प्रतिक्रियाहरू

कृपया सभ्य र मर्यादित भाषामा प्रतिक्रिया दिनुहोस्। अपमानजनक, मानहानिकारक वा घृणा फैलाउने प्रतिक्रियाहरू हटाइनेछन्।

प्रतिक्रिया दिनुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित गरिने छैन। आवश्यक फिल्डहरूमा * चिन्ह लगाइएको छ

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। आफ्नो विचार राख्ने पहिलो व्यक्ति बन्नुहोस्।

खेलकुद बाट थप

थप — खेलकुद

प्रीति ⇄ युनिकोड कन्भर्टर

रूपान्तरण पूर्ण रूपमा तपाईंको ब्राउजरमै हुन्छ; तपाईंको पाठ कतै पठाइँदैन।