पोखरा । किसानले उत्पादन गरेको दूधको मूल्य ८० रुपैयाँ प्रतिलिटर कायम गर्नुपर्ने माग कास्कीका किसानले उठाएका छन्। माग सम्बोधन नभए गोबर लिएर आन्दोलनमा उत्रिने चेतावनी पनि उनीहरूले दिएका छन्।
दूध उत्पादनमा लाग्ने लागत निरन्तर बढ्दै गए पनि ३ वर्षदेखि किसानले पाउने मूल्य बढेको छैन। बजारमा दूधको मूल्य बढे पनि किसानले पाउने मूल्य ६५ रुपैयाँमै सीमित छ।
लामो समयदेखि मूल्य बढाउन माग गर्दै आए पनि सुनुवाइ नभएको किसानको गुनासो छ। त्यसैले अब प्रतिलिटर ८० रुपैयाँ तोक्न उनीहरूले आग्रह गरेका हुन्।

दूध उत्पादन किसानको जीविकोपार्जनसँगै ग्रामीण अर्थतन्त्र र राष्ट्रिय अर्थतन्त्रसँग पनि जोडिएको विषय भएकाले यसलाई गम्भीरतापूर्वक लिनुपर्ने बरालको भनाइ छ।


प्रतिक्रियाहरू
कृपया सभ्य र मर्यादित भाषामा प्रतिक्रिया दिनुहोस्। अपमानजनक, मानहानिकारक वा घृणा फैलाउने प्रतिक्रियाहरू हटाइनेछन्।
अहिलेसम्म कुनै प्रतिक्रिया छैन। आफ्नो विचार राख्ने पहिलो व्यक्ति बन्नुहोस्।