ब्रेकिङ न्युज
विज्ञापन
समाज

दुई मोटरसाइकल ठोक्किँदा एकको मृत्यु, तीन घाइते

कोसी गाउँपालिका–१ लौकहीस्थित भित्री सडकखण्डमा दुई मोटरसाइकल एक आपसमा ठोक्किँदा एकजनाको मृत्यु भएको छ भने तीन जना घाइते भएका छन्।

बिहीबार करिब १३:५० बजे दक्षिणबाट उत्तरतर्फ जाँदै गरेको प्र.१–०२–०५७ प ७२६१ नम्बरको मोटरसाइकल र विपरीत दिशाबाट आउँदै गरेको प्र.१–०२–०५७ प ०१३७ नम्बरको मोटरसाइकल एकआपसमा ठोक्किएर दुर्घटना भएको हो।

दुर्घटनामा ०१३७ नम्बरको मोटरसाइकल चालक भोक्राहा नरसिंह गाउँपालिका ३ का २२ वर्षीय अर्जुन यादवको उपचारका क्रममा मृत्यु भएको छ। उनको न्युरो अस्पताल विराटनगरमा उपचारका क्रममा करिब १५:५० बजे मृत्यु भएको हो। सोही मोटरसाइकलमा पछाडि सवार भोक्राहा नरसिंह गाउँपालिका ३ का २३ वर्षीय विशाल यादव गम्भीर घाइते भएका छन्। उनलाई जिल्ला अस्पताल इनरुवा, सुनसरीमा सामान्य उपचारपछि थप उपचारका लागि न्युरो अस्पताल विराटनगर रेफर गरिएको छ।

विज्ञापन

यस्तै, ७२६१ नम्बरको मोटरसाइकल चालक भोक्राहा नरसिंह गाउँपालिका ४ का १९ वर्षीय सिद्धार्थ उराव र सोही मोटरसाइकलमा सवार कोशी गाउँपालिका १ का १९ वर्षीय रोहित उराव मध्यम घाइते भएका छन्। दुवै जनालाई जिल्ला अस्पताल इनरुवामा सामान्य उपचारपछि थप उपचारका लागि धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान (घोपा) रेफर गरिएको छ।

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो?

लेखकको बारेमा

प्रतिक्रियाहरू

कृपया सभ्य र मर्यादित भाषामा प्रतिक्रिया दिनुहोस्। अपमानजनक, मानहानिकारक वा घृणा फैलाउने प्रतिक्रियाहरू हटाइनेछन्।

प्रतिक्रिया दिनुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित गरिने छैन। आवश्यक फिल्डहरूमा * चिन्ह लगाइएको छ

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। आफ्नो विचार राख्ने पहिलो व्यक्ति बन्नुहोस्।

समाज बाट थप

थप — समाज

प्रीति ⇄ युनिकोड कन्भर्टर

रूपान्तरण पूर्ण रूपमा तपाईंको ब्राउजरमै हुन्छ; तपाईंको पाठ कतै पठाइँदैन।