विज्ञापन
अन्तर्राष्ट्रिय

छोराको पढाई कमजोर भएको भन्दै बाबुद्वारा विद्यालयमै दुई राउन्ड हवाई फायर

आफ्नो बच्चाले सामान्य हिसाबसमेत गर्न नसकेको भन्दै एक अभिभावकले विद्यालयमा हंगामा गरेपछि विद्यार्थी र शिक्षकहरू त्रसित भएका छन्।

थाइल्यान्डको सिचिउ प्रहरीले सोमबार दिउँसो ३:२० बजे (स्थानीय समय) सिचिउ जिल्लाको कुट नोई उपजिल्ला–९ स्थित बान ना दी विद्यालयमा एक अभिभावक हतियारसहित पुगेको सूचना पाएको थियो।

प्रहरीका अनुसार ५४ वर्षीय मनचाई चान्थासोम विद्यालय परिसरमा पेस्तोल बोकेर चर्को स्वरमा कराएका थिए। त्यसपछि उनले हावामा दुई राउन्ड गोली चलाएका थिए। घटनामा कोही घाइते भएनन् भने सम्पत्तिमा पनि कुनै क्षति पुगेन।

विज्ञापन

स्थानीय सञ्चारमाध्यमका अनुसार घटनापछि उनी पिकअप ट्रकमा गाउँको सार्वजनिक क्षेत्रमा भागेका थिए। प्रहरीले पछ्याएर उनलाई पक्राउ गरेको हो। घटनामा प्रयोग भएको पेस्तोल पनि बरामद गरिएको प्रहरीले जनाएको छ।

प्रहरीका अनुसार मनचाई आफ्नो बच्चालाई लिन विद्यालय पुगेका थिए। बच्चाले अझै पढ्न र सामान्य अंक जोड्न नसकेको भन्दै उनी शिक्षकसँग विवादमा उत्रिएका थिए। उनी मादक पदार्थ सेवन गरेको अवस्थामा रहेको बताइएको छ।

प्रहरीले उनीमाथि अवैध रूपमा बन्दुक तथा गोलीगठ्ठा राखेको, उचित कारणबिना सार्वजनिक स्थानमा बन्दुक बोकेको र मादक पदार्थ सेवन गरी सवारी चलाएको आरोप लगाएको छ। उनलाई थप कानुनी कारबाहीका लागि प्रहरी हिरासतमा राखिएको छ।

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो?

लेखकको बारेमा

प्रतिक्रियाहरू

कृपया सभ्य र मर्यादित भाषामा प्रतिक्रिया दिनुहोस्। अपमानजनक, मानहानिकारक वा घृणा फैलाउने प्रतिक्रियाहरू हटाइनेछन्।

प्रतिक्रिया दिनुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित गरिने छैन। आवश्यक फिल्डहरूमा * चिन्ह लगाइएको छ

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। आफ्नो विचार राख्ने पहिलो व्यक्ति बन्नुहोस्।

अन्तर्राष्ट्रिय बाट थप

थप — अन्तर्राष्ट्रिय

प्रीति ⇄ युनिकोड कन्भर्टर

रूपान्तरण पूर्ण रूपमा तपाईंको ब्राउजरमै हुन्छ; तपाईंको पाठ कतै पठाइँदैन।