विज्ञापन
अपराध

चिर्पट प्रहार गरी वृद्धको ह’त्या गरेको अभियोगमा सुर्खेतबाट एक पक्राउ

सुर्खेतको गुर्भाकोट नगरपालिकामा ६२ वर्षीय वृद्धको चिर्पट प्रहार गरी हत्या गरेको अभियोगमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ।

पक्राउ पर्नेमा गुर्भाकोट नगरपालिका-८ सुन्दरनगर बस्ने ४० वर्षीय मैते भनिने टेक बहादुर विक रहेका छन्।

सोही ठाउँ बस्ने ६२ वर्षीय मान बहादुर राजीलाई चिर्पट प्रहार गरी गम्भीर घाइते बनाएको अभियोगमा प्रहरी चौकी मेहेलकुनाबाट खटिएको टोलीले विकलाई मंगलबार दिउँसो नियन्त्रणमा लिएको हो।

विज्ञापन

चिर्पट प्रहारबाट गम्भीर घाइते भएका राजीलाई उपचारका लागि कोहलपुर मेडिकल कलेज पुर्‍याइएकोमा उपचारकै क्रममा उनको मृत्यु भएको प्रहरीले जनाएको छ।

घटनाका सम्बन्धमा प्रहरीले थप आवश्यक अनुसन्धान अघि बढाएको छ।

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो?

लेखकको बारेमा

प्रतिक्रियाहरू

कृपया सभ्य र मर्यादित भाषामा प्रतिक्रिया दिनुहोस्। अपमानजनक, मानहानिकारक वा घृणा फैलाउने प्रतिक्रियाहरू हटाइनेछन्।

प्रतिक्रिया दिनुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित गरिने छैन। आवश्यक फिल्डहरूमा * चिन्ह लगाइएको छ

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। आफ्नो विचार राख्ने पहिलो व्यक्ति बन्नुहोस्।

अपराध बाट थप

थप — अपराध

प्रीति ⇄ युनिकोड कन्भर्टर

रूपान्तरण पूर्ण रूपमा तपाईंको ब्राउजरमै हुन्छ; तपाईंको पाठ कतै पठाइँदैन।