काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत पोखरा एभेन्जर्सले सुदूरपश्चिम रोयल्सलाई जितका लागि १४६ रनको लक्ष्य दिएको छ।
कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा जारी खेलमा टस हारेर पहिले ब्याटिङ गरेको पोखराले निर्धारित २० ओभरमा सात विकेट गुमाउँदै १४५ रन बनाएको हो।
पोखराका लागि अर्जुन घर्तीले सर्वाधिक ४० रन बनाए। अविजित रहेका उनले २५ बलमा चार चौका र एक छक्का प्रहार गरे।

त्यस्तै, मेहदी हसनले ३२ र कुशल भुर्तेलले २१ रनको योगदान दिए। शकिब अल हसनले १४ तथा धनञ्जय लक्षणले ११ रन बनाए।
सुदूरपश्चिमका बलर अनिल खरेलले सर्वाधिक तीन विकेट लिए। हेमन्त धामी, दीपेन्द्रसिंह ऐरी र स्कट कुग्लाइनले एक–एक विकेट हात पारे।
अब सुदूरपश्चिमले जितका लागि २० ओभरमा १४६ रन बनाउनुपर्नेछ।



प्रतिक्रियाहरू
कृपया सभ्य र मर्यादित भाषामा प्रतिक्रिया दिनुहोस्। अपमानजनक, मानहानिकारक वा घृणा फैलाउने प्रतिक्रियाहरू हटाइनेछन्।
अहिलेसम्म कुनै प्रतिक्रिया छैन। आफ्नो विचार राख्ने पहिलो व्यक्ति बन्नुहोस्।