कपिलवस्तुको बाणगंगा नगरपालिका वडा नम्बर ९ बर्लाबासस्थित कुतकुते सामुदायिक वनमा चार नाल भरुवा बन्दुक फेला परेको छ।
गोप्य सूचनाका आधारमा धोद्रो काठको गोडियाभित्र राखिएको अवस्थामा प्रहरीले वनको लहरे उकाली भन्ने स्थानमा चार नाल भरुवा बन्दुक फेला पारेको हो। इलाका प्रहरी कार्यालय पिपराका प्रहरी निरीक्षक कालिका कार्कीको नेतृत्वमा गएको टोलीले उक्त बन्दुक फेला पारेको हो।
घटनाको अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।



प्रतिक्रियाहरू
कृपया सभ्य र मर्यादित भाषामा प्रतिक्रिया दिनुहोस्। अपमानजनक, मानहानिकारक वा घृणा फैलाउने प्रतिक्रियाहरू हटाइनेछन्।
अहिलेसम्म कुनै प्रतिक्रिया छैन। आफ्नो विचार राख्ने पहिलो व्यक्ति बन्नुहोस्।