पाकिस्तानको दक्षिणी सिन्ध प्रान्तमा बुधबार राति एम्बुलेन्सभित्र अक्सिजन सिलिन्डर विस्फोट हुँदा आठ जनाको मृत्यु भएको छ भने अन्य चार जना घाइते भएका छन्।
प्रहरीका अनुसार थारपारकर जिल्लाको नगरपारकर सहरस्थित स्वास्थ्य केन्द्रमा पार्क गरिएको एम्बुलेन्समा विस्फोट भएको हो।
घाइतेहरूलाई प्रारम्भिक उपचारपछि थप उपचारका लागि कराची सारिएको छ। मृत्यु भएकाहरूको शव पहिचानका लागि स्थानीय अस्पतालमा राखिएको अधिकारीहरूले बताएका छन्।

विस्फोटको कारण पत्ता लगाउन मिरपुरखास र कराचीबाट विशेषज्ञ टोली बोलाइएको प्रहरीले जनाएको छ। टोलीले घटनास्थलका प्रमाणको जाँच गरी विस्फोटको कारणबारे अनुसन्धान गर्नेछ।



प्रतिक्रियाहरू
कृपया सभ्य र मर्यादित भाषामा प्रतिक्रिया दिनुहोस्। अपमानजनक, मानहानिकारक वा घृणा फैलाउने प्रतिक्रियाहरू हटाइनेछन्।
अहिलेसम्म कुनै प्रतिक्रिया छैन। आफ्नो विचार राख्ने पहिलो व्यक्ति बन्नुहोस्।