विज्ञापन
अन्तर्राष्ट्रिय

अमेरिकी उपराष्ट्रपति भान्सले इरानलाई पत्र लेखे, ट्रम्पले के भने?

अमेरिकी उपराष्ट्रपति जेडी भान्सले इरानलाई पठाएको पत्रबारे अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले प्रतिक्रिया दिएका छन्।

ट्रम्पले उक्त पत्र पठाइएको पुष्टि गर्दै त्यसको विषयवस्तु औषधि तथा चिकित्सा सामग्री आपूर्तिसँग सम्बन्धित रहेको बताएका छन्।

द वाल स्ट्रिट जर्नल मा प्रकाशित समाचारपछि ट्रम्पले भने, ‘वास्तवमा उनीहरूलाई चिकित्सा सामग्री र अन्य आवश्यक वस्तु पुर्‍याउन सहयोग चाहिएको छ। जेडी भान्सले यस विषयमा मेरो राय सोधे। मैले भनेँ, यदि तपाईं यो गर्न चाहनुहुन्छ भने ठीक छ। मुख्य कुरा बिरामी मानिसहरूलाई सहयोग गर्न राहत सामग्री पुर्‍याउनु हो।’

विज्ञापन

द वाल स्ट्रिट जर्नलले बुधबार अमेरिकी अधिकारीहरू तथा यस विषयमा जानकार व्यक्तिहरूलाई उद्धृत गर्दै शान्ति वार्ता पुनः सुरु गर्ने उद्देश्यले अमेरिकी उपराष्ट्रपति जेडी भान्सले इरानको सर्वोच्च राष्ट्रिय सुरक्षा परिषद्का सचिव मोहसिन रेजाईलाई पत्र पठाएको समाचार प्रकाशित गरेको थियो।

मोहसिन रेजाई वा इरानी विदेश मन्त्रालयले जेडी भान्सबाट पत्र प्राप्त भएको समाचारबारे अहिलेसम्म कुनै प्रतिक्रिया दिएका छैनन्। यद्यपि, पछिल्लो एक सातामा वरिष्ठ क्षेत्रीय अधिकारीहरूको इरान भ्रमण बढेको छ।

अमेरिकी राष्ट्रपति ट्रम्पले पछिल्लो समय इरानविरुद्ध पुनः युद्ध सुरु गर्ने धम्की पटक–पटक दिइरहेका बेला यो घटनाक्रम सार्वजनिक भएको हो।

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो?

लेखकको बारेमा

प्रतिक्रियाहरू

कृपया सभ्य र मर्यादित भाषामा प्रतिक्रिया दिनुहोस्। अपमानजनक, मानहानिकारक वा घृणा फैलाउने प्रतिक्रियाहरू हटाइनेछन्।

प्रतिक्रिया दिनुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित गरिने छैन। आवश्यक फिल्डहरूमा * चिन्ह लगाइएको छ

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। आफ्नो विचार राख्ने पहिलो व्यक्ति बन्नुहोस्।

अन्तर्राष्ट्रिय बाट थप

थप — अन्तर्राष्ट्रिय

प्रीति ⇄ युनिकोड कन्भर्टर

रूपान्तरण पूर्ण रूपमा तपाईंको ब्राउजरमै हुन्छ; तपाईंको पाठ कतै पठाइँदैन।