अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको व्यापार नीतिबीच क्यानडाका प्रधानमन्त्री मार्क कार्नीले युरोपेली सङ्घ (इयु) सँग व्यापार, रक्षा र आर्थिक सहकार्य विस्तार गर्न पहल गरेका छन्।
तर, क्यानडालाई इयुको ‘सहयोगी सदस्य’ बनाउने प्रस्तावमा फ्रान्स र जर्मनीसहित केही सदस्य राष्ट्रले असन्तुष्टि जनाएका छन्।
इयुरोपेली आयोगकी अध्यक्ष उर्सुला भोन डेर लेयन र युरोपेली परिषद्का अध्यक्ष एन्टोनियो कोस्टा मोन्ट्रियलमा आयोजित शिखर सम्मेलनमा सहभागी जनाउँदै छिन्।

सम्मेलनमा व्यापार, रक्षा, प्रविधि, अनुसन्धान र महत्त्वपूर्ण खनिजमा सहकार्य बढाउने प्रस्ताव छ। कार्नीले साझेदारीको नामभन्दा त्यसबाट नागरिक, व्यवसायी र अनुसन्धानकर्ताले पाउने अवसर महत्त्वपूर्ण हुने बताए।
ट्रम्पले प्रस्तावित सम्बन्धलाई ‘शत्रुतापूर्ण कार्य’ ठान्न सकिने र आवश्यक परे युरोपमाथि भन्सार शुल्क लगाउन सकिने चेतावनी र्दिएका थिए।
क्यानडाली अधिकारीहरूले भने इयुसँगको सहकार्य अमेरिकाविरुद्ध लक्षित नभई साझा हितमा आधारित रहेको बताएका छन्।
क्यानडाले थप ७२ अमेरिकी एफ–३५ लडाकू विमान खरिद गर्ने योजना पुनरावलोकन गर्दै स्विडेनको साब ग्रिपेनलाई विकल्पका रूपमा विचार गरिरहेको छ।
सन् २०२५ मा क्यानडाको कुल निर्यातको ७१.७ प्रतिशत अमेरिका गएको थियो। प्रधानमन्त्री कार्नीले आगामी दशकमा अन्य देशतर्फको निर्यात दोब्बर बनाउने लक्ष्य राखेका छन्।
क्यानडा र इयुबीच डिजिटल व्यापार तथा महत्त्वपूर्ण खनिजमा लगानी बढाउने विषयमा पनि छलफल भइरहेको छ।
प्रस्तावित साझेदारीले अमेरिकी अर्थतन्त्र र सुरक्षामाथिको निर्भरता घटाउन सहयोग पुग्ने अपेक्षा गरिएको छ।



प्रतिक्रियाहरू
कृपया सभ्य र मर्यादित भाषामा प्रतिक्रिया दिनुहोस्। अपमानजनक, मानहानिकारक वा घृणा फैलाउने प्रतिक्रियाहरू हटाइनेछन्।
अहिलेसम्म कुनै प्रतिक्रिया छैन। आफ्नो विचार राख्ने पहिलो व्यक्ति बन्नुहोस्।