विज्ञापन
राजनीति

एनपीएलले राष्ट्रिय आत्मविश्वास अझ बलियो बनाओस्ः पूर्वप्रधानमन्त्री कार्की

काठमाडौं।पूर्वप्रधानमन्त्री सुशीला कार्कीले नेपाल प्रिमियर लिग (एनपीएल) नेपाली क्रिकेटप्रतिको जनउत्साह, युवा प्रतिभा र देशको सामूहिक आत्मविश्वासको सुन्दर प्रतिबिम्ब भएको बताएकी छन् ।

एनपीएलको तेस्रो संस्करण सुरु हुने अवसरमा शुभकामना व्यक्त गर्दै उनले गत वर्ष आफू प्रधानमन्त्री रहँदा विशिष्ट परिस्थितिका बीच दोस्रो संस्करण सफलतापूर्वक सम्पन्न भएको स्मरण गरेकी छन् ।

उनका अनुसार गत वर्षको एनपीएलले सुरक्षा सम्बन्धी आशङ्का निवारण गर्न तथा समाजमा आशा र उत्साह जगाउन महत्त्वपूर्ण भूमिका खेलेको थियो ।

विज्ञापन

यस वर्षको एनपीएलले पनि नेपाली क्रिकेटलाई नयाँ उचाइमा पुर्याउने, नेपालको गौरव विश्वभर फैलाउने र राष्ट्रिय आत्मविश्वासलाई अझ बलियो बनाउने विश्वास उनले व्यक्त गरेकी छन् ।

कार्कीले प्रतियोगिताको सफलताको कामना गर्दै सम्पूर्ण खेलाडी, आयोजक तथा क्रिकेटप्रेमीलाई शुभकामना दिएकी छन् ।

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो?

लेखकको बारेमा

प्रतिक्रियाहरू

कृपया सभ्य र मर्यादित भाषामा प्रतिक्रिया दिनुहोस्। अपमानजनक, मानहानिकारक वा घृणा फैलाउने प्रतिक्रियाहरू हटाइनेछन्।

प्रतिक्रिया दिनुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित गरिने छैन। आवश्यक फिल्डहरूमा * चिन्ह लगाइएको छ

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। आफ्नो विचार राख्ने पहिलो व्यक्ति बन्नुहोस्।

राजनीति बाट थप

थप — राजनीति

प्रीति ⇄ युनिकोड कन्भर्टर

रूपान्तरण पूर्ण रूपमा तपाईंको ब्राउजरमै हुन्छ; तपाईंको पाठ कतै पठाइँदैन।