काठमाडौं।नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले लुम्बिनी विकास कोषको उपाध्यक्षमा आनी छोइङ डोल्माको नियुक्तिलाई लिएर उठेका प्रश्नको जवाफ दिन सरकारसँग माग गरेका छन्।
सामाजिक सञ्जालमार्फत उनले आनी छोइङको नागरिकता र आर्थिक कारोबारबारे सार्वजनिक रूपमा प्रश्न उठेको भन्दै सरकारले स्पष्ट पार्नु पर्ने बताएका हुन्।
विवादास्पद नियुक्तिबारे उठेका प्रश्नको जवाफ दिनुको सट्टा प्रश्न गर्ने नागरिकलाई मध्यरातमा पक्राउ गरेर तर्साउने काम उचित नभएको उनको भनाइ छ। पौडेलले लुम्बिनी विकास कोषको नेतृत्वमा नियुक्ति गर्दा लोकप्रियतासँगै योग्यता, संस्थागत क्षमता, नैतिक चरित्र र जवाफदेहितालाई समेत आधार बनाउनु पर्ने बताएका छन्।

गलत निर्णय भएको भए सच्याउन सरकारलाई आग्रह गर्दै उनले प्रश्न उठाउने नागरिकलाई तर्साउनुको सट्टा नियुक्तिको औचित्य र छनोटका आधार स्पष्ट पार्नुपर्ने बताएका छन्।



प्रतिक्रियाहरू
कृपया सभ्य र मर्यादित भाषामा प्रतिक्रिया दिनुहोस्। अपमानजनक, मानहानिकारक वा घृणा फैलाउने प्रतिक्रियाहरू हटाइनेछन्।
अहिलेसम्म कुनै प्रतिक्रिया छैन। आफ्नो विचार राख्ने पहिलो व्यक्ति बन्नुहोस्।