इलाम।आज बिहान इलाममा सवारी साधन बोलेरो दुर्घटना हुँदा चालकको घटनास्थलमा नै मृत्यु भएको छ।
देउमाई नगरपालिका–१ चमैतास्थित चौरीबजार जाँदै गरेको बोलेरो आफैँ अनियन्त्रित भई सडकबाट खसेको प्रहरीले जनाएको छ ।
दुर्घटनामा बोलेरोका चालक देउमाई नगरपालिका–१ चमैताका २१ वर्षीय विपिन दियालीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक लक्ष्मी भण्डारीले जानकारी दिए। घटनाको सम्बन्धमा अनुसन्धान सुरु भएको प्रहरीले जनाएको छ ।



प्रतिक्रियाहरू
कृपया सभ्य र मर्यादित भाषामा प्रतिक्रिया दिनुहोस्। अपमानजनक, मानहानिकारक वा घृणा फैलाउने प्रतिक्रियाहरू हटाइनेछन्।
अहिलेसम्म कुनै प्रतिक्रिया छैन। आफ्नो विचार राख्ने पहिलो व्यक्ति बन्नुहोस्।