विज्ञापन
फुटबल

आफ्नै गाउँका भाइभतिजालाई फुटबल सिकाउँदै अनन्त तामाङ

झापा। करिब १५ वर्षअघि यही मैदानमा फुटबल खेलेर आफ्नो गाँउ र देशको नाम राख्ने सपना देखेका नेपाली राष्ट्रिय फुटबल टोलीका अन्तर्राष्ट्रिय खेलाडी अनन्त तामाङ अहिले आफ्नै गाउँका किशोरलाई फुटबल सिकाउन व्यस्त छन्।

तिहार मनाउन घर आएका तामाङले आफ्नो व्यस्त समयबाट केही समय छुट्याएर झापाको शिवसताक्षी नगरपालिका–११ झिलझिलेस्थित गणेशमान शिह अध्ययन प्रतिष्ठानको खेल मैदानमा ७ दिने ग्रासरुट फुटबल प्रतिभा विकास प्रशिक्षण शिविर सुरु गरेका हुन्।

स्थानीय सतासीधामधाम स्पोर्टिङ क्लबको आयोजनामा सोमबार देखी सञ्चालन भएको शिविरमा शिवसताक्षी नगरपालिका–८ र ११ का १८ वर्षमुनिका २५ जना किशोर सहभागी छन्। उनीहरूलाई फुटबलका आधारभूत सीप, खेल अनुशासन, रणनीति र शारीरिक तन्दुरुस्तीसम्बन्धी प्रशिक्षण दिइने तामाङले बताए।

विज्ञापन

फुटबलको प्रारम्भिक अभ्यास गरेको मैदानमै नयाँ पुस्तालाई प्रशिक्षण दिन पाउँदा खुसी लागेको तामाङले बताए। आफूले सिकेको ज्ञान र अनुभव गाउँका भाइभतिजालाई बाँड्ने उद्देश्यले शिविर सञ्चालन गरेको उनको भनाइ छ। ‘मोजा अर्थात पुराना लत्ता कपडालाई मोरेर गोल जस्तो बनाइन्थ्यो। मैले यही मैदानमा फुटवलको करियर बनाउन सुरु गरेको थिए। अहिले मेरो नाम देश भित्र र बाहिर अनन्त छ,’ उनले भने।

स्थानीय मैदानबाट सुरु भएको फुटबल यात्राले राष्ट्रिय टोलीसम्म पु¥याएका तामाङको प्रशिक्षणले किशोरहरूको खेल जीवनमा नयाँ सम्भावनाको ढोका खोल्ने अपेक्षा गरिएको छ। उनको अनुभव र मार्गदर्शनले किशोरहरूलाई फुटबलप्रति आकर्षित गर्नुका साथै अनुशासित खेलाडी बन्न प्रेरित गर्ने विश्वास गरिएको छ।

उनले भनेका छन्, ‘ खेलको अभ्यास गर्ने किशोर किशोरीले झिलझिले उत्तरको मैदानमा अपरान्ह ४ बजे आउनुहोला। आयोजक क्लवले स्थानीय सामुदायिक तथा संस्थागत विद्यालयका विद्यार्थीलाई पनि सहभागी हुन सक्ने व्यवस्था मिलाएको छ।

गाउँमै अन्तर्राष्ट्रिय खेलाडीबाट प्रशिक्षण पाउने अवसरले किशोरहरूमा फुटबलप्रतिको उत्साह बढाएको सहभागीले बताए। सातदिने शिविरले उनीहरूको खेल कौशल निखार्न र भविष्यमा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा प्रतिस्पर्धा गर्न सक्ने प्रतिभा विकासमा योगदान पु¥याउने अपेक्षा गरिएको छ।

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो?

लेखकको बारेमा

प्रतिक्रियाहरू

कृपया सभ्य र मर्यादित भाषामा प्रतिक्रिया दिनुहोस्। अपमानजनक, मानहानिकारक वा घृणा फैलाउने प्रतिक्रियाहरू हटाइनेछन्।

प्रतिक्रिया दिनुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित गरिने छैन। आवश्यक फिल्डहरूमा * चिन्ह लगाइएको छ

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। आफ्नो विचार राख्ने पहिलो व्यक्ति बन्नुहोस्।

फुटबल बाट थप

थप — फुटबल

प्रीति ⇄ युनिकोड कन्भर्टर

रूपान्तरण पूर्ण रूपमा तपाईंको ब्राउजरमै हुन्छ; तपाईंको पाठ कतै पठाइँदैन।