काठमाडौं। प्रधानमन्त्री बालेन शाहले मन्त्रिपरिषद्को बैठक बोलाएका छन्।
सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा आज अपराह्न ३ बजे बैठक बस्ने प्रधानमन्त्रीको सचिवालयले जनाएको छ।
यसअघि असोज ३० गते मन्त्रिपरिषद्को बैठक बसेको थियो। पत्रकार पक्राउ, सहसचिवहरूको धरपकड र ठेक्का रद्द लगायतका सरकारका पछिल्ला निर्णयहरूको चर्को विरोध भइरहेको समयमा बस्न लागेको यो बैठकलाई अर्थपूर्ण रूपमा हेरिएको छ।
विज्ञापन

बैठकले केही महत्त्वपूर्ण निर्णयहरू गर्ने तयारी गरेको बताइएको छ।



प्रतिक्रियाहरू
कृपया सभ्य र मर्यादित भाषामा प्रतिक्रिया दिनुहोस्। अपमानजनक, मानहानिकारक वा घृणा फैलाउने प्रतिक्रियाहरू हटाइनेछन्।
अहिलेसम्म कुनै प्रतिक्रिया छैन। आफ्नो विचार राख्ने पहिलो व्यक्ति बन्नुहोस्।