काठमाडौं। नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत जनकपुर बोल्ट्सविरुद्धको खेलमा विराटनगर किंग्सले पहिले ब्याटिङ गर्ने भएको छ।
कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा भएको टस जितेपछि जनकपुरका कप्तान हरमित सिंहले पहिले बलिङ गर्ने निर्णय गरेका हुन्।
यस खेलमा जनकपुर बोल्ट्सको कप्तानी हरमित सिंहले गरिरहेका छन् भने विराटनगर किंग्सको नेतृत्व सन्दीप लामिछानेले सम्हाल्नेछन्।



प्रतिक्रियाहरू
कृपया सभ्य र मर्यादित भाषामा प्रतिक्रिया दिनुहोस्। अपमानजनक, मानहानिकारक वा घृणा फैलाउने प्रतिक्रियाहरू हटाइनेछन्।
अहिलेसम्म कुनै प्रतिक्रिया छैन। आफ्नो विचार राख्ने पहिलो व्यक्ति बन्नुहोस्।