विज्ञापन
खेलकुद

स्पेन रेल दुर्घटनामा लंग जम्पर जुलिएटा ग्यालेगोको मृ’त्यु

स्पेनको टोलेडो प्रान्तमा भएको रेल दुर्घटनामा २४ वर्षीया लंग जम्प खेलाडी जुलिएटा ग्यालेगोको मृत्यु भएको छ। उनको निधनप्रति रोयल स्पेनिस एथलेटिक्स महासंघ (आरएफईए) ले गहिरो दुःख व्यक्त गरेको छ।

टोलेडोको उर्डा क्षेत्रमा भएको रेल दुर्घटनामा ग्यालेगोको मृत्यु भएको महासंघले बिहीबार सामाजिक सञ्जाल एक्समार्फत जनाएको हो।

महासंघले शोकसन्तप्त परिवार, आफन्त, साथीभाइ तथा उनको क्लबका खेलाडीहरूप्रति समवेदना व्यक्त गरेको छ।

विज्ञापन

ग्यालेगो म्याड्रिडस्थित एडी स्प्रिन्ट क्लबबाट प्रतिस्पर्धा गर्थिन्। उनी स्पेनको क्लबस्तरीय एथलेटिक्स प्रतियोगितामा नियमित सहभागी हुँदै आएकी थिइन्।

लंग जम्पमा उनको व्यक्तिगत उत्कृष्ट प्रदर्शन ५.९० मिटर थियो। उनले सन् २०२३ मा एन्टेकेरामा आयोजित प्रतियोगितामा उक्त दूरी पार गरेकी थिइन्।

आरएफईएका अध्यक्ष राउल चापाडोले ग्यालेगोको निधनले स्पेनी एथलेटिक्स जगतलाई गहिरो चोट पुगेको बताएका छन्।

उनले ग्यालेगोको जीवन यति चाँडै समाप्त हुनु दुःखद र अन्यायपूर्ण भएको उल्लेख गरे।

मड्रिडलाई दक्षिणी क्षेत्र एन्डालुसियासँग जोड्ने रेलमार्गमा बुधबार दुई तिव्र गतिको रेल एकआपसमा ठोक्किँदा कम्तीमा ६८ जनाको मृत्यु भएको थियो भने करिब ८० जना घाइते भएका छन्।

घाइतेमध्ये केहीको अवस्था गम्भीर रहेको बताइएको छ। गम्भीर घाइतेहरूलाई क्षेत्रीय अस्पताल तथा राजधानी मड्रिडका स्वास्थ्य संस्थामा लगिएको थियो।

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो?

लेखकको बारेमा

प्रतिक्रियाहरू

कृपया सभ्य र मर्यादित भाषामा प्रतिक्रिया दिनुहोस्। अपमानजनक, मानहानिकारक वा घृणा फैलाउने प्रतिक्रियाहरू हटाइनेछन्।

प्रतिक्रिया दिनुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित गरिने छैन। आवश्यक फिल्डहरूमा * चिन्ह लगाइएको छ

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। आफ्नो विचार राख्ने पहिलो व्यक्ति बन्नुहोस्।

खेलकुद बाट थप

थप — खेलकुद

प्रीति ⇄ युनिकोड कन्भर्टर

रूपान्तरण पूर्ण रूपमा तपाईंको ब्राउजरमै हुन्छ; तपाईंको पाठ कतै पठाइँदैन।