विज्ञापन
क्रिकेट

अन्तिम ओभरमा सम्हालियो विराटनगर, जनकपुर २ रनले पराजित

काठमाडौं।नेपाल प्रिमियर लिग (एनपीएल) मा विराटनगर किङ्ग्सले जनकपुर बोल्ट्सलाई २ रनले हराएको छ। रोमाञ्चक प्रतिस्पर्धामा १७५ रनको लक्ष्य पछ्याएको जनकपुर निर्धारित २० ओभरमा ७ विकेट गुमाएर १७२ रनमै सीमित भयो।

जनकपुरका लागि सैफ हसनले सर्वाधिक ७१ रन बनाए। विशाल सुशलिङले ४३ र जेम्स नीशमले २७ रनको योगदान दिए पनि टोलीलाई जित दिलाउन सकेनन्।

विराटनगरको जितमा आन्द्रे रसेलले घातक बलिङ गर्दै ४ विकेट लिए। एन्जेलो म्याथ्युजले २ विकेट हात पारे। यसअघि त्रिवि क्रिकेट मैदानमा टस हारेर पहिले ब्याटिङ गरेको विराटनगरले निर्धारित २० ओभरमा ३ विकेट गुमाएर १७४ रन बनाएको थियो। अन्ततः विराटनगरले त्यही स्कोरको रक्षा गर्दै रोमाञ्चक जित दर्ता गर्‍यो।

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो?

लेखकको बारेमा

प्रतिक्रियाहरू

कृपया सभ्य र मर्यादित भाषामा प्रतिक्रिया दिनुहोस्। अपमानजनक, मानहानिकारक वा घृणा फैलाउने प्रतिक्रियाहरू हटाइनेछन्।

प्रतिक्रिया दिनुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित गरिने छैन। आवश्यक फिल्डहरूमा * चिन्ह लगाइएको छ

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। आफ्नो विचार राख्ने पहिलो व्यक्ति बन्नुहोस्।

क्रिकेट बाट थप

थप — क्रिकेट

प्रीति ⇄ युनिकोड कन्भर्टर

रूपान्तरण पूर्ण रूपमा तपाईंको ब्राउजरमै हुन्छ; तपाईंको पाठ कतै पठाइँदैन।