काठमाडौं।नेपालका लागि भारतका नवनियुक्त राजदूत सुधाकर दलेला कार्यभार सम्हाल्न मंगलबार काठमाडौं आइपुगेका छन्। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा उनलाई परराष्ट्र मन्त्रालयका प्रतिनिधि तथा भारतीय दूतावासका अधिकारीहरूले स्वागत गरेका थिए। भारतले गत असोज ३० गते दलेलालाई नेपालका लागि राजदूत नियुक्त गरेको थियो।
भारतीय विदेश सेवाका वरिष्ठ कूटनीतिज्ञ दलेलाले सन् १९९३ मा सेवामा प्रवेश गरेका थिए। उनले इजरायल, ब्राजिल, अमेरिका, बंगलादेश, स्विट्जरल्यान्ड र भुटानलगायतका देशमा विभिन्न कूटनीतिक जिम्मेवारी सम्हालेका छन्।
उनले सन् २०२२ देखि २०२५ सम्म भुटानका लागि भारतीय राजदूतका रूपमा काम गरेका थिए। यसअघि नेपालका लागि भारतीय राजदूत रहेका नवीन श्रीवास्तव कार्यकाल पूरा गरी भारत फर्किसकेका छन्।



प्रतिक्रियाहरू
कृपया सभ्य र मर्यादित भाषामा प्रतिक्रिया दिनुहोस्। अपमानजनक, मानहानिकारक वा घृणा फैलाउने प्रतिक्रियाहरू हटाइनेछन्।
अहिलेसम्म कुनै प्रतिक्रिया छैन। आफ्नो विचार राख्ने पहिलो व्यक्ति बन्नुहोस्।