विज्ञापन
राजनीति

दुई अध्यादेश राष्ट्रपतिसमक्ष सिफारिस

काठमाडौं।सरकारले दुई वटा अध्यादेश जारी गर्न राष्ट्रपति रामचन्द्र पौडेल समक्ष सिफारिस गरेको छ। मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले प्रेस काउन्सिल नेपाल ऐन र संस्कृति, पर्यटन तथा नागरिक उड्डयनलगायत केही नेपाल ऐन संशोधनसम्बन्धी अध्यादेश जारी गर्न सिफारिस गर्ने निर्णय गरेको सरकारका प्रवक्ता सस्मित पोखरेलले जानकारी दिए।

बैठकले मोही लागेको जग्गाको बाँडफाँटसम्बन्धी निवेदन दिने म्याद २०८५ कात्तिकसम्म र जग्गासम्बन्धी कारबाही टुंग्याउने अवधि २०८६ असारसम्म थप गर्ने निर्णय पनि गरेको छ।

त्यस्तै, नानो फर्टिलाइजर, बायो स्टिमुलेन्ट तथा जैविक र प्राङ्गारिक मललाई आवश्यक पदार्थको सूचीमा समेट्ने गरी मल नियन्त्रण आदेश स्वीकृत गरेको छ। बैठकले कोप–३१ मा सहभागी हुन परराष्ट्रमन्त्रीको नेतृत्वमा ६ देखि ८ सदस्यीय उच्चस्तरीय प्रतिनिधिमण्डल पठाउने निर्णय समेत गरेको छ।

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो?

लेखकको बारेमा

प्रतिक्रियाहरू

कृपया सभ्य र मर्यादित भाषामा प्रतिक्रिया दिनुहोस्। अपमानजनक, मानहानिकारक वा घृणा फैलाउने प्रतिक्रियाहरू हटाइनेछन्।

प्रतिक्रिया दिनुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित गरिने छैन। आवश्यक फिल्डहरूमा * चिन्ह लगाइएको छ

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। आफ्नो विचार राख्ने पहिलो व्यक्ति बन्नुहोस्।

राजनीति बाट थप

थप — राजनीति

प्रीति ⇄ युनिकोड कन्भर्टर

रूपान्तरण पूर्ण रूपमा तपाईंको ब्राउजरमै हुन्छ; तपाईंको पाठ कतै पठाइँदैन।