परराष्ट्रमन्त्री शिशिर खनालसँग नेपालका लागि युरोपेली सङ्घ (इयू)का नवनियुक्त राजदूत चाल्र्स ह्वाइटलीले शिष्टाचार भेटवार्ता गरेका छन्।
सिंहदरबारस्थित परराष्ट्र मन्त्रालयमा आज भएको सो भेटवार्तामा खनालले राजदूत ह्वाइटलीलाई नियुक्तिका लागि बधाई र उनको सफल कार्यकालको शुभकामना व्यक्त गरे।
भेटका अवसरमा उनीहरूबीच नेपाल युरोपेली सङ्घबीचको आपसी सम्बन्ध र पारस्पारिक हितका विविध विषयमा विचार आदानप्रदान भएको परराष्ट्र मन्त्रालयले जनाएको छ।

सो अवसरमा नेपाल र युरोपेली सङ्घबीचको सम्बन्धलाई थप सुदृढ बनाउने तथा आगामी दिनमा पारस्परिक सहयोग र सहकार्यलाई अझ विस्तार गर्ने विषयमा पनि छलफल भएको थियो।



प्रतिक्रियाहरू
कृपया सभ्य र मर्यादित भाषामा प्रतिक्रिया दिनुहोस्। अपमानजनक, मानहानिकारक वा घृणा फैलाउने प्रतिक्रियाहरू हटाइनेछन्।
अहिलेसम्म कुनै प्रतिक्रिया छैन। आफ्नो विचार राख्ने पहिलो व्यक्ति बन्नुहोस्।