विज्ञापन
राजनीति

इनम सापकोटा र बिचौलियालाई चिन्दिनँ: गगन थापा

काठमाडौं। नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले इनम सापकोटा र उनीजस्ता बिचौलियासँग आफ्नो कुनै चिनजान नरहेको स्पष्ट पारेका छन्। बुधबार शीर्ष नेताहरूको बैठकमा बोल्दै उनले आफूले कसैलाई पनि पैसा नदिएको दाबी गरेका हुन्।

पार्टीको आधिकारिकतासम्बन्धी विवादमा आफूले १८ करोड रुपैयाँ दिएको भन्ने आरोपमा कुनै सत्यता नरहेको थापाले बताए। उनले भने, ‘तपाईंहरूलाई लाग्न सक्छ, मेरो सभापतिले पैसा खुवायो कि भन्ने। तर म स्पष्ट भन्न चाहन्छु, मैले कसैलाई पैसा खुवाएको छैन।’

सापकोटाबारे आफूलाई कुनै जानकारी नभएको उल्लेख गर्दै उनले आफूले उनलाई नदेखेको र नचिनेको बताए। ‘मैले इनाम सापकोटा र यस्ता बिचौलिया कसैलाई देखेको पनि छैन, चिनेको पनि छैन। मेरो मेमोरीमा इनामको बारेमा केही थाहा छैन,’ थापाले भने।

विज्ञापन

त्यस्तै, थापाले पूर्वप्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरासँग आफूले कुनै भेटघाट वा संवाद नगरेको पनि बैठकमा जानकारी गराए। विशेष महाधिवेशनपछि जबरासँग आफ्नो भेट नभएको उनको भनाइ थियो।

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो?

लेखकको बारेमा

प्रतिक्रियाहरू

कृपया सभ्य र मर्यादित भाषामा प्रतिक्रिया दिनुहोस्। अपमानजनक, मानहानिकारक वा घृणा फैलाउने प्रतिक्रियाहरू हटाइनेछन्।

प्रतिक्रिया दिनुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित गरिने छैन। आवश्यक फिल्डहरूमा * चिन्ह लगाइएको छ

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। आफ्नो विचार राख्ने पहिलो व्यक्ति बन्नुहोस्।

राजनीति बाट थप

थप — राजनीति

प्रीति ⇄ युनिकोड कन्भर्टर

रूपान्तरण पूर्ण रूपमा तपाईंको ब्राउजरमै हुन्छ; तपाईंको पाठ कतै पठाइँदैन।