ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले कास्कीमा रहेको रूपाताल संरक्षण आयोजनाको शुक्रबार स्थलगत अनुगमन गरेका छन् । उनले आयोजना क्षेत्रमा पुगेर कामकारबाहीको अवस्था नियालेका थिए ।
अनुगमनका क्रममा मन्त्री श्रेष्ठले रूपाताल संरक्षण तथा एकीकृत विकास आयोजनाको भौतिक प्रगतिलगायत समग्र विषयमा जानकारी लिए ।
आयोजना व्यवस्थापनका पदाधिकारीहरूले मन्त्री श्रेष्ठसमक्ष आयोजनाको विवरण प्रस्तुत गरेका थिए ।


प्रतिक्रियाहरू
कृपया सभ्य र मर्यादित भाषामा प्रतिक्रिया दिनुहोस्। अपमानजनक, मानहानिकारक वा घृणा फैलाउने प्रतिक्रियाहरू हटाइनेछन्।
अहिलेसम्म कुनै प्रतिक्रिया छैन। आफ्नो विचार राख्ने पहिलो व्यक्ति बन्नुहोस्।