नेपाली कांग्रेसको केन्द्रीय समितिले संसद् र सडक दुवैबाट सरकारलाई खबरदारी गर्ने निर्णय गरेको छ। पार्टीले सरकारलाई आफ्नो कार्यशैली सच्याउन पनि आग्रह गरेको छ।
कांग्रेसले भदौ २३ र २४ गतेका घटनासँग जोडिएका छानबिन, प्रतिबद्धता र निर्णयको अवस्थाबारे सरकारसँग प्रश्न उठाएको छ।
मंसिर ८ गतेदेखि ११ गतेसम्म बसेको केन्द्रीय समितिको बैठकपछि पत्रकार सम्मेलन आयोजना गरिएको थियो। उक्त सम्मेलनमा महामन्त्री प्रदीप पौडेलले पार्टीको धारणा राखेका थिए।


प्रतिक्रियाहरू
कृपया सभ्य र मर्यादित भाषामा प्रतिक्रिया दिनुहोस्। अपमानजनक, मानहानिकारक वा घृणा फैलाउने प्रतिक्रियाहरू हटाइनेछन्।
अहिलेसम्म कुनै प्रतिक्रिया छैन। आफ्नो विचार राख्ने पहिलो व्यक्ति बन्नुहोस्।