भक्तपुरको मध्यपुर थिमि नगपालिकाका प्रमुख प्रशाशकीय अधिकृत भोजराज घिमिरेसहित दुई जनालाई मंगलबार भ्रष्टाचारसम्बन्धी मुद्दामा म्याद थप गरी असुन्धान थालिएको छ ।
विशेष अदालतको आदेशबाट भ्रष्टाचारसम्बन्धी मुद्दामा म्याद थप गरिएको अख्तियार दुरुपयोग अनुसन्धान आयोगले जनाएको छ । आयोगका प्रवक्ता सुरेश न्यौपानेले मंगलबार विज्ञप्ति प्रकाशित गरी घटनाबारे थप अनुसन्धान भइरहेको जनाए ।
ठेक्काको बाँकी भुक्तानी र मोबिलाइजेसन फन्डको किस्ता भुक्तानीमा सहजीकरण गर्ने नाममा घुस मागिएको आरोपमा प्रमुख प्रशाशकीय अधिकृतसहित दुईजनालाई सोमबार बाटोबाटै पक्राउ गरिएको थियो । उनीहरुलाई ३३ लाख रुपैयाँ घुससहित पक्राउ गरिएको थियो । अख्तियारको टंगालस्थित कार्यालयबाट खटिएको टोलीले घिमिरे र गुड नेबर्स इन्टरप्राइजेज प्रालि कोटेश्वर काठमाडौंका सञ्चालक वरुण ढुंगेललाई सेवाग्राहीसँग घुस रकम लिइसकेको अवस्थामा नियन्त्रणमा लिएको थियो ।

आयोगका अनुसार नगरपालिकासँग भएको ठेक्का सम्झौता बमोजिम बाँकी किस्ता भुक्तानी प्रक्रियामा सहजीकरण गरिदिने र बाँकी काममा सहयोग गरिदिने भन्दै घुस तथा रिसवत माग गरेको भन्ने सूचना एवं उजुरीका आधारमा उनीहरूलाई निगरानीमा राखिएको थियो । सोही क्रममा मध्यपुर थिमि नगरपालिका वडा नं. ९ निकोसेराबाट ३३ लाख रुपैयाँसहित उनीहरूलाई नियन्त्रणमा लिइएको थियो ।



प्रतिक्रियाहरू
कृपया सभ्य र मर्यादित भाषामा प्रतिक्रिया दिनुहोस्। अपमानजनक, मानहानिकारक वा घृणा फैलाउने प्रतिक्रियाहरू हटाइनेछन्।
अहिलेसम्म कुनै प्रतिक्रिया छैन। आफ्नो विचार राख्ने पहिलो व्यक्ति बन्नुहोस्।