विज्ञापन
शिक्षा

शिक्षक र कर्मचारीलाई सामाजिक सञ्जाल प्रयोगमा आचारसंहिता पालना गर्न निर्देशन

शिक्षा विकास तथा समन्वय एकाइ चितवनले जिल्लाका सम्पूर्ण विद्यालयका शिक्षक तथा कर्मचारीलाई सामाजिक सञ्जाल प्रयोग गर्दा प्रचलित कानुन र आचारसंहिता पूर्ण रूपमा पालना गर्न निर्देशन दिएको छ।

एकाइले सोमबार जारी गरेको सूचनामा शिक्षक तथा कर्मचारीले पदअनुकूल आचरणविपरीत सामाजिक सञ्जाल प्रयोग गरेको भन्दै विभिन्न माध्यमबाट गुनासो आउने गरेको उल्लेख छ।

शिक्षा नियमावली, २०५९ को नियम १३३ मा रहेको शिक्षकले पालन गर्नुपर्ने आचारसंहिताको व्यवस्था स्मरण गराउँदै एकाइले नियमको उपनियम (१) को खण्ड (घ) अनुसार नेपाल सरकार र नेपाली जनताबीचको सम्बन्ध वा कुनै विदेशी राष्ट्रसँगको सम्बन्धमा खलल पर्न सक्ने गरी लेख प्रकाशित गर्न, प्रेसलाई खबर दिन, सञ्चारमाध्यमबाट भाषण प्रसारण गर्न वा सार्वजनिक भाषण तथा वक्तव्य दिन नहुने व्यवस्था रहेको जनाएको छ।

विज्ञापन

त्यस्तै, सामाजिक सञ्जालको प्रयोगलाई व्यवस्थित गर्ने सम्बन्धमा जारी निर्देशिका, २०८० को दफा ४ मा सामाजिक सञ्जाल प्रयोगकर्ताले गर्न नहुने कार्यबारे स्पष्ट व्यवस्था रहेको सूचनामा उल्लेख छ।

एकाइले जिल्लाका सबै शिक्षक तथा कर्मचारीलाई उक्त कानुनी व्यवस्थाको पूर्ण पालना गर्न र गराउन अनुरोध गरेको छ। साथै, शिक्षक तथा कर्मचारीले आचारसंहिता पालना गरे–नगरेको विषयमा शिक्षा नियमावली, २०५९ को नियम १३३ को उपनियम (२) बमोजिम नियमन गर्न पनि सम्बन्धित निकायलाई आग्रह गरेको छ।

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो?

लेखकको बारेमा

प्रतिक्रियाहरू

कृपया सभ्य र मर्यादित भाषामा प्रतिक्रिया दिनुहोस्। अपमानजनक, मानहानिकारक वा घृणा फैलाउने प्रतिक्रियाहरू हटाइनेछन्।

प्रतिक्रिया दिनुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित गरिने छैन। आवश्यक फिल्डहरूमा * चिन्ह लगाइएको छ

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। आफ्नो विचार राख्ने पहिलो व्यक्ति बन्नुहोस्।

शिक्षा बाट थप

थप — शिक्षा

प्रीति ⇄ युनिकोड कन्भर्टर

रूपान्तरण पूर्ण रूपमा तपाईंको ब्राउजरमै हुन्छ; तपाईंको पाठ कतै पठाइँदैन।