विज्ञापन
समाज

व्यवसायीको निधनले शोकमा वालिङ

सोमबार गुल्मीमा भएको सवारी साधन दुर्घटनाका कारण यतिबेला स्याङ्जाको वालिङ शोकमा डुबेको छ।

स्याङ्जा जिल्लाकै सफल निर्माण व्यावसायी, होटल व्यावसायी तथा सामाजिक अगुवाहरुले सवारी दुर्घटनामा निधन भएसँगै वालिङ शोकमा डुबेको हो। वालिङ-१० का निर्माण व्यवसायी दिलीपकुमार बगाले, उहाँकी धर्मपत्नी निता बगाले, वालिङ-१०का होटल व्यवसायी शिव पराजुली, वालिङ-१० का अर्का होटल व्यवसायी लोकनाथ पाण्डेको निधनले वालिङ शोकमा डुबेको हो।

एउटै ठाउँका व्यवसायीहरुलाई अकस्मात् गुमाउनुपर्दा निक्कै पीडाबोध भएको वालिङ नगरउपप्रमुख कविता तिवारी गैरेले बताइन्। दुर्घटनामा परी मृत्यु भएका छ जनामध्ये चार जना वालिङ-१० मा बसेर व्यवसाय गर्दै आएका व्यवसायीहरु गुमाउनुको पीडाले आफन्त तथा स्थानीयहरु चिन्तित छन्।

विज्ञापन

गुल्मीको कालीगण्डकी गाउँपालिका-२ दभौखानीमा सोमबार गण्डकी बिएए ०२२० नम्बरको स्कार्पियो सडकबाट झण्डै २५० मिटर तल खस्दा पाँच जनाको घटनास्थलमै र एक जनाको उपचारका लागि मिर्मीस्थित कालीगण्डकी आधारभूत अस्पताल ल्याउँदै गर्दा बाटोमै मृत्यु भएको थियो।

घाइते तीन जनाको अहिले पाल्पा र पोखराका अस्पतालमा उपचार भइरहेको छ। रासस

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो?

लेखकको बारेमा

प्रतिक्रियाहरू

कृपया सभ्य र मर्यादित भाषामा प्रतिक्रिया दिनुहोस्। अपमानजनक, मानहानिकारक वा घृणा फैलाउने प्रतिक्रियाहरू हटाइनेछन्।

प्रतिक्रिया दिनुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित गरिने छैन। आवश्यक फिल्डहरूमा * चिन्ह लगाइएको छ

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। आफ्नो विचार राख्ने पहिलो व्यक्ति बन्नुहोस्।

समाज बाट थप

थप — समाज

प्रीति ⇄ युनिकोड कन्भर्टर

रूपान्तरण पूर्ण रूपमा तपाईंको ब्राउजरमै हुन्छ; तपाईंको पाठ कतै पठाइँदैन।