काठमाडौं। नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत शनिबार हुने विराटनगर किंग्स र सुदूरपश्चिम रोयल्सबीचको खेल वर्षाका कारण ५ ओभरमा सीमित गरिएको छ।
कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा वर्षापछि पानी जमेकाले खेल निर्धारित समयमा सुरु हुन नसकेपछि ओभर घटाइएको हो।
निर्धारित तालिकाअनुसार साँझ ५ बजे सुरु हुनुपर्ने खेल अब साँझ ७ बजेर ४१ मिनेटमा सुरु हुने तय भएको छ। खेलका लागि टस साँझ ७ बजेर २५ मिनेटमा हुनेछ।

संशोधित खेल तालिकाअनुसार दुवै टोलीले ५–५ ओभर खेल्नेछन् भने दुई इनिङ्सबीच १० मिनेटको विश्राम हुनेछ।
वर्षाका कारण प्रभावित खेल छोट्याइएपछि दुवै टोलीबीचको प्रतिस्पर्धा थप रोमाञ्चक हुने अपेक्षा गरिएको छ।



प्रतिक्रियाहरू
कृपया सभ्य र मर्यादित भाषामा प्रतिक्रिया दिनुहोस्। अपमानजनक, मानहानिकारक वा घृणा फैलाउने प्रतिक्रियाहरू हटाइनेछन्।
अहिलेसम्म कुनै प्रतिक्रिया छैन। आफ्नो विचार राख्ने पहिलो व्यक्ति बन्नुहोस्।