विज्ञापन
राजनीति

‘विकासको विद्यमान कार्यसंस्कृतिमा परिवर्तन आवश्यक छ’

सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री खगराज भट्टले राज्य सञ्चालन र विकासको विद्यमान कार्य संस्कृतिमा परिवर्तन आवश्यक रहेको बताए। त्यसका लागि परिणाममुखी कार्ययोजना निर्माण गरी त्यसको प्रभावकारी कार्यान्वयनमा जोड दिनुपर्ने उनको भनाइ छ।

प्रदेश अनुसन्धान तथा प्रशिक्षण परिषद्को ११औँ बैठकलाई आज धनगढीमा सम्बोधन गर्दै उनले नवीनतम सोच, नवप्रवर्तन र रूपान्तरणकारी योजनामार्फत सुदूरपश्चिम प्रदेशलाई समृद्ध बनाउन सकिने र यसमा लाग्नुको विकल्प नरहेको बताए।

मुख्यमन्त्री भट्टले विकासका लागि योजना निर्माणमा मात्रै सीमित नभई त्यसको प्रभावकारी कार्यान्वयन र उपलब्धिको मूल्याङ्कनमा ध्यान दिनुपर्ने उनको भनाइ थियो। त्यसका लागि तथ्यमा आधारित, परिणाममुखी र उपलब्धिमूलक अनुसन्धान आवश्यक रहेको बताए।

विज्ञापन

मुख्यमन्त्री भट्टले नवीन सोच र अनुसन्धानमा आधारित योजनाले विकासका प्राथमिकता पहिचान गर्न तथा उपलब्ध स्रोतसाधनको प्रभावकारी उपयोग गर्न महत्त्वपूर्ण भूमिका खेल्ने बताए। उनले सुदूरपश्चिम प्रदेशको समृद्धि र रूपान्तरणका लागि अनुसन्धान, प्रशिक्षण तथा योजनाको कार्यान्वयनलाई एकीकृत रूपमा अघि बढाउनुपर्नेमा जोड दिए।

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो?

लेखकको बारेमा

प्रतिक्रियाहरू

कृपया सभ्य र मर्यादित भाषामा प्रतिक्रिया दिनुहोस्। अपमानजनक, मानहानिकारक वा घृणा फैलाउने प्रतिक्रियाहरू हटाइनेछन्।

प्रतिक्रिया दिनुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित गरिने छैन। आवश्यक फिल्डहरूमा * चिन्ह लगाइएको छ

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। आफ्नो विचार राख्ने पहिलो व्यक्ति बन्नुहोस्।

राजनीति बाट थप

थप — राजनीति

प्रीति ⇄ युनिकोड कन्भर्टर

रूपान्तरण पूर्ण रूपमा तपाईंको ब्राउजरमै हुन्छ; तपाईंको पाठ कतै पठाइँदैन।