काठमाडौं। नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणमा साविक विजेता लुम्बिनी लायन्सले विजयी सुरुवात गरेको छ। सोमबार भएको उद्घाटन खेलमा लुम्बिनीले साविक उपविजेता सुदूरपश्चिम रोयल्सलाई ७ विकेटले पराजित गरेको हो।
कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा टस हारेर ब्याटिङ गरेको सुदूरपश्चिम १७.२ ओभरमा ८७ रनमा समेटियो। सुदूरपश्चिमका लागि कप्तान दीपेन्द्रसिंह ऐरिले सर्वाधिक २७ रन बनाए। त्यस्तै अनिल खरेल १५ रनमा अविजित रहँदा सैफ जैबले १३ रन जोडे। अन्य ब्याटरले दोहोरो अंकमा रन जोड्न सकेनन्।
बलिङतर्फ लुम्बिनीका किशोर महतोले सर्वाधिक ४ विकेट लिए। शेर मल्लले ३ विकेट हात पारे भने साड्ली भान शाल्कविक, रोहित पौडेल र तिलक भण्डारीले समान १-१ विकेट लिए।

८८ रनको सामान्य लक्ष्य पछ्याएको लुम्बिनीले ९.५ ओभरमा ३ विकेट गुमाएर जित हासिल गर्यो।



प्रतिक्रियाहरू
कृपया सभ्य र मर्यादित भाषामा प्रतिक्रिया दिनुहोस्। अपमानजनक, मानहानिकारक वा घृणा फैलाउने प्रतिक्रियाहरू हटाइनेछन्।
अहिलेसम्म कुनै प्रतिक्रिया छैन। आफ्नो विचार राख्ने पहिलो व्यक्ति बन्नुहोस्।