विज्ञापन
प्रदेश

एनपीएल: लुम्बिनीलाई ८८ रनको सामान्य लक्ष्य, सुदूरपश्चिम ८७ रनमा समेटियो

काठमाडौं। नेपाल प्रिमियर लिग (एनपीएल) को जारी सिजनमा सुदूरपश्चिम रोयल्सले खराब सुरुवात गरेको छ। साविक विजेता लुम्बिनी लायन्सविरुद्धको खेलमा सुदूरपश्चिमले १७.२ ओभरमा सबै विकेट गुमाएर मात्र ८७ रन बनाउन सक्यो। टस जितेर पहिले बलिङ रोजेको लुम्बिनीले सुदूरपश्चिमलाई ८८ रनको सामान्य लक्ष्य दिएको छ।

सुदूरपश्चिमको ब्याटिङ सुरुवाती चरणदेखि नै धर्मराएको थियो। टोलीले २४ रन जोड्दा पहिलो विकेट गुमाएको थियो। सुदूरपश्चिमलाई सस्तैमा समेट्न लुम्बिनीका किशोर महतोले चार र शेर मल्लले तीन विकेट लिए। त्यस्तै श्याड्ली भान श्काक्वीक, रोहित पौडेल र तिलक भण्डारीले समान एक-एक विकेट लिए।

शेर मल्लले विनोद भण्डारीलाई ९ रनमा एलबीडब्ल्यु आउट गर्दै लुम्बिनीलाई पहिलो सफलता दिलाएका थिए। त्यसपछि पाँचौँ ओभरमा किशोर महतोले आरिफ शेखलाई शून्य र ब्रान्डन म्याकमुलेनलाई २ रनमा आउट गरे। पावरप्ले सकिनुअघि सैफ जैब १३ रन बनाएर आउट भए। सुदूरपश्चिमका लागि इसान पाण्डेले ७ रन जोडे। १३ औँ ओभरमा किशोर महतोले कप्तान दीपेन्द्र सिंह ऐरीलाई २७ रनमा बोल्ड गरे भने सोही ओभरको अर्को बलमा हेमन्त धामीलाई शून्य रनमा पेभेलियन फर्काए।

विज्ञापन

सुदूरपश्चिमका विदेशी खेलाडीहरूले पनि निराशाजनक प्रदर्शन गरे। टोलीमा रहेका चारै जना विदेशी खेलाडी सस्तोमा आउट भए। सैफ जैबले १३ रन बनाउनुबाहेक अन्य विदेशी ब्याटरहरू ब्रान्डन म्याकमुलेन २, शर्फेन रदरफोर्ड १ र स्कट कुगेलिन शून्य रनमै आउट भए। १० ओभरको खेल सकिँदा ७ विकेट गुमाएर ५८ रन बनाएको सुदूरपश्चिम त्यसपछि थप सम्हालिन सकेन र ८७ रनमै अल आउट भयो।

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो?

लेखकको बारेमा

प्रतिक्रियाहरू

कृपया सभ्य र मर्यादित भाषामा प्रतिक्रिया दिनुहोस्। अपमानजनक, मानहानिकारक वा घृणा फैलाउने प्रतिक्रियाहरू हटाइनेछन्।

प्रतिक्रिया दिनुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित गरिने छैन। आवश्यक फिल्डहरूमा * चिन्ह लगाइएको छ

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। आफ्नो विचार राख्ने पहिलो व्यक्ति बन्नुहोस्।

प्रदेश बाट थप

थप — प्रदेश

प्रीति ⇄ युनिकोड कन्भर्टर

रूपान्तरण पूर्ण रूपमा तपाईंको ब्राउजरमै हुन्छ; तपाईंको पाठ कतै पठाइँदैन।