काठमाडौं।नेपाल कम्युनिष्ट पार्टी (एमाले) का अध्यक्ष एवं पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले मदन भण्डारी स्मृति प्रतिष्ठान नेपालको स्मारिका लोकार्पण गरेका छन्।
मोरङको उर्लाबारीस्थित प्रतिष्ठानद्वारा आज काठमाडौंमा आयोजित कार्यक्रममा अध्यक्ष ओलीले स्मारिका लोकार्पण गरेका हुन्।
लोकार्पण गरिएको ३६८ पृष्ठे स्मारिकामा नेपालको शैक्षिक विकास, समस्या र समाधान, प्राविधिक तथा व्यावसायिक शिक्षा, आदि सामग्री समावेश छन्। साथै प्रतिष्ठानका गतिविधि तथा स्मरणीय विषयवस्तु समेटिएको छ।



प्रतिक्रियाहरू
कृपया सभ्य र मर्यादित भाषामा प्रतिक्रिया दिनुहोस्। अपमानजनक, मानहानिकारक वा घृणा फैलाउने प्रतिक्रियाहरू हटाइनेछन्।
अहिलेसम्म कुनै प्रतिक्रिया छैन। आफ्नो विचार राख्ने पहिलो व्यक्ति बन्नुहोस्।