विज्ञापन
अन्तर्राष्ट्रिय

रुस–युक्रेन यु’द्ध अन्त्य गर्न ठूलो सम्झौता हुने

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले रुसी राष्ट्रपति भ्लादिमिर पुटिनका विशेष दूत किरिल दिमित्रीभसँग ह्वाइट हाउसमा भेटवार्ता गरेपछि रुस–युक्रेन युद्ध अन्त्य गर्न चाँडै ठूलो सम्झौता हुनसक्ने बताएका छन्।

उनले प्रस्तावित सम्झौतामा युक्रेनसँगै सम्पूर्ण युरोपसमेत सहभागी हुनसक्ने संकेत गरे।

बिहीबार ह्वाइट हाउसमा पत्रकारहरूसँग कुरा गर्दै राष्ट्रपति ट्रम्पले यो सम्झौतामा युक्रेनभन्दा बाहिरका पक्षसमेत संलग्न हुने बताए्।

विज्ञापन

उनले भने, ‘यो एउटा ठूलो सम्झौता हुनेछ र यसमा युक्रेनभन्दा धेरै पक्ष सहभागी हुनेछन्। यसले सम्पूर्ण युरोपलाई समेत समेट्न सक्छ। यो ठूलो र सुन्दर सम्झौता हुनेछ तथा सबै पक्ष उत्साहित हुनेछन्।’

यद्यपि, उनले प्रस्तावित सम्झौताका मुख्य प्रावधान, सहभागी हुने देशहरू तथा रुस र युक्रेनले गर्नुपर्ने सम्भावित सहमतिबारे विस्तृत जानकारी दिएनन्।

बिहीबार वासिङ्टन भ्रमणमा रहेका युक्रेनी प्रतिनिधिहरूसँग आफूले भेट नगरेको पनि उनले स्वीकार गरे।

रुसी विशेष दूत दिमित्रीभ र युक्रेनी अधिकारीहरूले रुसी नियन्त्रणमा रहेको युक्रेनी सहर ओलेस्कीमा छ दिनसम्म युद्धविराम कायम गराउन सहयोग पुर्याएको भन्दै प्रथम महिला मेलानिया ट्रम्पले आयोजना गर्नुभएको ह्वाइट हाउसको कार्यक्रममा सहभागिता जनाएका थिए।

उक्त युद्धविरामका कारण सयौँ सर्वसाधारणलाई सुरक्षित स्थानमा सार्न सम्भव भएको थियो।

ट्रम्प र दिमित्रीभबीच भएको छुट्टै भेटवार्ताले युक्रेनको प्रत्यक्ष सहभागिताबिनै अमेरिका र रुसले व्यापक युरोपेली सुरक्षा व्यवस्थाबारे छलफल गरिरहेका छन् कि भन्ने प्रश्न उठाएको द वासिङ्टन पोस्ट ले जनाएको छ।

यसैबीच, बिहीबार नै राष्ट्रपति ट्रम्पका विशेष दूत तथा ज्वाइँ जारेड कुशनरले ब्रसेल्समा युक्रेनी, नेटो र युरोपेली अधिकारीहरूसँग भेटवार्ता गर्नुभएको थियो।

उनीहरूबीच युक्रेनका लागि सुरक्षा प्रत्याभूति र समग्र युरोपेली सुरक्षा संरचनाबारे छलफल भएको थियो।

नयाँ कूटनीतिक पहल नोभेम्बर १० र ११ मा संयुक्त अरब इमिरेट्सको अबु धाबीमा अमेरिका मध्यस्थतामा हुने रुस र युक्रेनका प्रतिनिधिबीचको वार्ताको पूर्वसन्ध्यामा अघि बढेको हो।

कूटनीतिक प्रयास तीव्र भए पनि क्षेत्रीय नियन्त्रण र सुरक्षा प्रत्याभूतिजस्ता प्रमुख विषयमा रुस र युक्रेनबीच मतभेद कायमै छन्।

यसैबीच, दुवै पक्षले हवाई तथा ड्रोन आक्रमण जारी राखेकाले युद्ध अन्त्यको सम्भावना अझै अनिश्चित देखिएको छ।

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो?

लेखकको बारेमा

प्रतिक्रियाहरू

कृपया सभ्य र मर्यादित भाषामा प्रतिक्रिया दिनुहोस्। अपमानजनक, मानहानिकारक वा घृणा फैलाउने प्रतिक्रियाहरू हटाइनेछन्।

प्रतिक्रिया दिनुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित गरिने छैन। आवश्यक फिल्डहरूमा * चिन्ह लगाइएको छ

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। आफ्नो विचार राख्ने पहिलो व्यक्ति बन्नुहोस्।

अन्तर्राष्ट्रिय बाट थप

थप — अन्तर्राष्ट्रिय

प्रीति ⇄ युनिकोड कन्भर्टर

रूपान्तरण पूर्ण रूपमा तपाईंको ब्राउजरमै हुन्छ; तपाईंको पाठ कतै पठाइँदैन।