विज्ञापन
राजनीति

जापानका लागि प्रस्तावित राजदूत थापाले लिए नाम फिर्ता

जापानका लागि प्रस्तावित राजदूत जीज्ञानकुमार थापाले राजदूतको संसदीय सुनुवाइ तथा नियुक्ति प्रक्रियाबाट आफ्नो नाम फिर्ता लिएका छन्।

सङ्घीय संसद् संसदीय सुनुवाइ समितिको आजको बैठकमा सभापति बोधनारायण श्रेष्ठले प्रस्तावित राजदूत थापाले समितिलाई सम्बोधन गरी पठाएका पत्रमा उनले नाम फिर्ता लिएको विषयबारे जानकारी गराएका थिए।

उक्त देशमा राजदूत नियुक्ति भएर जाँदा स्वार्थ बाझिने विषय संसदीय सुनुवाइ समितिमा उठेपछि थापाले आफ्नो नाम फिर्ता लिएका हुन्।

विज्ञापन

गत असोज २८ गते उनको संसदीय सुनुवाइ भएकामा त्यस अवसरमा समिति सदस्यहरुले स्वार्थ बाझिने विषयमा प्रश्न उठाएका थिए।

सभापति श्रेष्ठले उच्च नैतिकता प्रदर्शन गर्दै नाम फिर्ता लिएको भनी समितिका तर्फबाट प्रस्तावित राजदूत थापाप्रति धन्यवाद ज्ञापन गरे।

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो?

लेखकको बारेमा

प्रतिक्रियाहरू

कृपया सभ्य र मर्यादित भाषामा प्रतिक्रिया दिनुहोस्। अपमानजनक, मानहानिकारक वा घृणा फैलाउने प्रतिक्रियाहरू हटाइनेछन्।

प्रतिक्रिया दिनुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित गरिने छैन। आवश्यक फिल्डहरूमा * चिन्ह लगाइएको छ

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। आफ्नो विचार राख्ने पहिलो व्यक्ति बन्नुहोस्।

राजनीति बाट थप

थप — राजनीति

प्रीति ⇄ युनिकोड कन्भर्टर

रूपान्तरण पूर्ण रूपमा तपाईंको ब्राउजरमै हुन्छ; तपाईंको पाठ कतै पठाइँदैन।