विज्ञापन
राजनीति

ओलीदेखि वैद्यसम्मलाई प्रचण्डको एकता आह्वान

काठमाडौं।नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सबै वामपन्थी शक्तिलाई एकताबद्ध हुन आह्वान गरेका छन्।
मंगलबार काठमाडौंको पेरिसडाँडामा आयोजित पार्टी एकता घोषणा सभालाई सम्बोधन गर्दै उनले विगतका विवाद र मतभेद बिर्सेर नयाँ आधारमा कम्युनिस्ट एकताको प्रक्रिया अघि बढाउनु पर्ने बताए।

प्रचण्डले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली, नेकपा मसालका महामन्त्री मोहनविक्रम सिंह, क्रान्तिकारी कम्युनिस्ट पार्टीका नेता मोहन वैद्य र नेत्रविक्रम चन्दलगायतलाई एकताको अभियानमा सहभागी हुन आग्रह गरे।

उनले विगतमा एमाले र माओवादीबीच भएको एकताबाट झन्डै दुईतिहाइ जनमत प्राप्त भए पनि जनअपेक्षाअनुसार काम गर्न नसकिएको स्वीकार गरे। विगतका कमजोरी सच्याउँदै राष्ट्रिय हित र जनताको अपेक्षालाई केन्द्रमा राखेर नयाँ एकता आवश्यक रहेको उनको भनाइ थियो।

विज्ञापन

प्रचण्डले हालैको पार्टी एकतालाई बृहत् कम्युनिस्ट एकताको सुरुवाती कदमका रूपमा व्याख्या गर्दै सबै वामपन्थी शक्तिलाई साझा अभियानमा जोडिन आग्रह गरे।

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो?

लेखकको बारेमा

प्रतिक्रियाहरू

कृपया सभ्य र मर्यादित भाषामा प्रतिक्रिया दिनुहोस्। अपमानजनक, मानहानिकारक वा घृणा फैलाउने प्रतिक्रियाहरू हटाइनेछन्।

प्रतिक्रिया दिनुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित गरिने छैन। आवश्यक फिल्डहरूमा * चिन्ह लगाइएको छ

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। आफ्नो विचार राख्ने पहिलो व्यक्ति बन्नुहोस्।

राजनीति बाट थप

थप — राजनीति

प्रीति ⇄ युनिकोड कन्भर्टर

रूपान्तरण पूर्ण रूपमा तपाईंको ब्राउजरमै हुन्छ; तपाईंको पाठ कतै पठाइँदैन।