जापान र अमेरिकाले शुक्रबार ओकिनावा टापुमा अमेरिकी सैनिकहरूबाट हुने गरेका भनिएका अपराध रोक्ने उपायहरूबारे सहमति जनाएका छन्। ओकिनावामा एक अमेरिकी नौसेना संलग्न रहेको हत्याको आरोपले व्यापक आक्रोश पैदा गरेपछि यो निर्णय आएको हो।
अमेरिकाको लगभग ५४ हजार सैन्य कर्मचारी जापानमा तैनाथ छन्, जसमध्ये अधिकांश ओकिनावामा छन्। यी सैनिकहरूबाट हुने अपराधहरू दुई नजिकका सुरक्षा साझेदारबीचको सम्बन्धमा सधैं काँडा बनेका छन्।
‘हामी अझै जापान–अमेरिका वार्ता जारी राखिरहेका छौँ, तर हामी जापानी सरकारको संलग्नतामार्फत ओकिनावामा रहेका अमेरिकी सेनालाई शिक्षा दिने व्यवस्था सुधार गर्न सहमत भएका छौँ,’ जापानी विदेशमन्त्री तोशिमित्सु मोतेगीले पत्रकारहरूसँग भने ।

‘व्यवहारिक रूपमा, नयाँ आइपुग्ने अमेरिकी सैन्य कर्मचारीलाई दिइने ओकिनावा अभिमुखीकरण निर्देशिकामा ओकिनावा प्रिफेक्चरका रायहरू समेटिनेछन्,’ उनले भने।
विदेश मन्त्रालयका वरिष्ठ अधिकारीले ओकिनावामा रहेका अमेरिकी सैनिकहरूलाई समुदायसँगको सम्बन्ध र जापानको कानुनी प्रणालीबारे जानकारीमुलक कार्यक्रममा नियमबारे आफ्ना सैनिकलाई अवगत गराउने छन्।
दुई देशले जापान–अमेरिका संयुक्त सडक गस्तीको आवृत्ति बढाउने र क्षेत्र विस्तार गर्ने सहमति पनि जनाएका छन्। जापानी अभियोजनकर्ताहरूले गत महिना एक अमेरिकी सैनिकलाई ३ अक्टोबरमा ओकिनावाको एक होटलमा ३९ वर्षीय जापानी महिलाको हत्या गरेको आरोपमा मुद्दा दायर भएको थियो।
यस घटनाले जापानमा व्यापक आक्रोश पैदा गरेको छ र दक्षिणी टापुमा अमेरिकी सैन्य उपस्थितिबारेको विवाद फेरि चर्काएको छ। अमेरिकी सेनालाई गत महिनाको सुरुमा दुई दिनसम्म रक्सी पिउन प्रतिबन्ध लगाइएको थियो र ३० दिनको कफ्र्यू लगाइएको थियो।
त्यसैगरी नशामा गाडी चलाएको आरोपमा एक अमेरिकी सेनालाई पक्राउ गरिएको रक्षा मन्त्री शिन्जिरो कोइजुमीको भनाइ छ।



प्रतिक्रियाहरू
कृपया सभ्य र मर्यादित भाषामा प्रतिक्रिया दिनुहोस्। अपमानजनक, मानहानिकारक वा घृणा फैलाउने प्रतिक्रियाहरू हटाइनेछन्।
अहिलेसम्म कुनै प्रतिक्रिया छैन। आफ्नो विचार राख्ने पहिलो व्यक्ति बन्नुहोस्।