विज्ञापन
अन्तर्राष्ट्रिय

रुसले कब्जा गरेको सम्पत्ति फिर्ता गर्न जापानको माग

रुसले जापानी कम्पनी जापान टोब्याकोका चार सहायक कम्पनी नियन्त्रणमा लिएपछि जापानले सम्पत्ति तत्काल फिर्ता गर्न माग गरेको छ।

रुसी राष्ट्रपति भ्लादिमिर पुटिनको आदेशमा ती कम्पनीको सञ्चालन नियन्त्रण ‘इन्डस्ट्रियल प्रोपर्टी’ नामक रुसी कम्पनीलाई हस्तान्तरण गरिएको छ।

जापानले उक्त कदमको विरोध गर्दै निर्णय फिर्ता लिन माग गरेको जनाएको छ।

विज्ञापन

जापान टोब्याकोले रुसी चुरोट बजारको करिब ४० प्रतिशत हिस्सा ओगटेको छ। कम्पनीले आफूले सबै अन्तर्राष्ट्रिय प्रतिबन्ध र नियम पालना गर्दै व्यवसाय सञ्चालन गरेको जनाएको छ।

यस घटनाले जापान र रुसबीचको सम्बन्ध थप तनावपूर्ण बनेको छ। गत महिना रुसी सुरक्षा सेवा एफएसबीले जापानी पत्रकार युकी इमाईलाई जासुसीको आरोपमा पक्राउ गरेको थियो। जापानले उक्त आरोप अस्वीकार गरेको छ।

युक्रेन युद्धपछि रुसमाथि प्रतिबन्ध लगाउने देशका कम्पनीमाथि मस्कोले कडा कदम चाल्दै आएको छ।

जापान पनि रुसविरुद्धका प्रतिबन्धमा सहभागी छ। प्रशान्त महासागरका केही टापुको स्वामित्वलाई लिएर दुई देशबीच दशकौँदेखि विवाद रहँदै आएको छ।एएफपी

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो?

लेखकको बारेमा

प्रतिक्रियाहरू

कृपया सभ्य र मर्यादित भाषामा प्रतिक्रिया दिनुहोस्। अपमानजनक, मानहानिकारक वा घृणा फैलाउने प्रतिक्रियाहरू हटाइनेछन्।

प्रतिक्रिया दिनुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित गरिने छैन। आवश्यक फिल्डहरूमा * चिन्ह लगाइएको छ

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। आफ्नो विचार राख्ने पहिलो व्यक्ति बन्नुहोस्।

अन्तर्राष्ट्रिय बाट थप

थप — अन्तर्राष्ट्रिय

प्रीति ⇄ युनिकोड कन्भर्टर

रूपान्तरण पूर्ण रूपमा तपाईंको ब्राउजरमै हुन्छ; तपाईंको पाठ कतै पठाइँदैन।