प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले प्रतिनिधिसभाको राज्य व्यवस्था तथा सुशासन समितिको बैठक तत्काल बोलाउन माग गरेको छ।
सरकार र राज्यका विभिन्न निकायसँग जोडिएका पछिल्ला विवादित घटनाक्रमबारे छलफल गर्नुपर्ने भन्दै समितिमा रहेका कांग्रेसका चार सांसदले सभापति हरि ढकाललाई पत्र पठाएका हुन्।
कांग्रेस सांसदहरू अर्जुननरसिंह केसी, निश्कल राई, भीष्मराज आङदेम्बे र रेखाकुमारी यादवले प्रतिनिधिसभा नियमावली, २०८३ को नियम १७८ अनुसार निवेदन पेस गर्दै तत्काल बैठक बोलाउन माग गरेका हुन्।

उनीहरूले राज्यका निकायलाई संसद्प्रति जवाफदेही बनाउन तथा आवश्यक छानबिन र निर्देशनका लागि समितिको बैठक अविलम्ब बस्नुपर्ने बताएका छन्।
कांग्रेस सांसदहरूले बिचौलिया भनिएका इनम सापकोटा प्रकरणमा राज्य संयन्त्रको दुरुपयोग भएको विषय उठाएका छन्। त्यस्तै, प्रहरी हिरासतमा रहेका व्यक्तिको फोन तथा अडियो अनधिकृत व्यक्तिको पहुँचमा पुगेको र अनुसन्धानको निष्पक्षतामाथि प्रश्न उठेको भन्दै उनीहरूले छानबिनको माग गरेका छन्।



प्रतिक्रियाहरू
कृपया सभ्य र मर्यादित भाषामा प्रतिक्रिया दिनुहोस्। अपमानजनक, मानहानिकारक वा घृणा फैलाउने प्रतिक्रियाहरू हटाइनेछन्।
अहिलेसम्म कुनै प्रतिक्रिया छैन। आफ्नो विचार राख्ने पहिलो व्यक्ति बन्नुहोस्।