विज्ञापन
राजनीति

चितवनको विश्वासकै कारण रास्वपा देशकै ठूलो पार्टी बन्यो : रवि लामिछाने

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले चितवनको विश्वास र समर्थनकै कारण पार्टीले राष्ट्रिय राजनीतिमा ठूलो सफलता हासिल गरेको बताएका छन्।

चितवनमा आयोजित पार्टीको कार्यक्रममा बोल्दै लामिछानेले चितवनबाट सुरु भएको राजनीतिक अभियानले आज देशकै ठूलो पार्टी बन्ने सफलता प्राप्त गरेको उल्लेख गरे। चितवनले आफूलाई हरेक कठिन परिस्थितिमा साथ दिएको भन्दै उनले जिल्लावासीप्रति आभार व्यक्त गरे।

उनले भने, ‘कसलाई थाहा थियो र चितवनबाट सुरु भएको यो क्रान्तिले आज यति ठूलो मत प्राप्त गर्नेछ र रास्वपा यो देशको सबैभन्दा ठूलो पार्टी बन्नेछ भन्ने कुरा ? चितवनलाई थाहा थियो। त्यसैले त चितवनले हरमुस्किलको सामना गर्न मलाई सधैँ सम्झायो।’

विज्ञापन

लामिछानेले आफू राजनीतिमा प्रवेश गरेर चितवनबाट चुनाव लड्ने निर्णय गर्दा जिल्लाका धेरै नागरिक आफ्नै राजनीतिक दलमा आबद्ध रहेको स्मरण गरे। पुराना राजनीतिक दलको इतिहास, विरासत, त्याग र बलिदान हुँदाहुँदै पनि आफू र रास्वपामाथि विश्वास गरेर धेरैले पुरानो दल छाडेको उनले बताए।

‘तपाईंहरूको आफ्नै दल थियो, त्यसको राजनीतिक इतिहास थियो। त्यससँग सम्बन्धित नेताहरूको राजनीतिक विरासत, त्याग, बलिदान र राजनीतिक समर्पण थियो। ती सबै हुँदाहुँदै पनि मलाई र हामीलाई विश्वास गरेर आफ्नो भइरहेको घर छाडेर रास्वपामा आउनुभयो,’ उनले भने।

पुराना दलमा स्थापित भएका नेताकार्यकर्तादेखि राजनीतिमा पहिलोपटक प्रवेश गरेका नागरिकसम्मले रास्वपालाई आफ्नो राजनीतिक दल बनाएको भन्दै उनले सबैलाई धन्यवाद दिए।

लामिछानेले चितवनमा आफूले घुमाउरो र अपूर्ण कुरा नगर्ने पनि बताए। सत्य र तथ्यलाई निडर भएर प्रस्तुत गर्ने राजनीतिक संस्कारकै कारण रास्वपाले अहिलेको उचाइ हासिल गरेको उनको भनाइ थियो।

‘चितवनबाट मैले भन्नुपर्ने कुराहरू मुख चपाएर, जिब्रो चपाएर उल्टोको सुल्टो र सुल्टोको उल्टो भने त्यो सही हुँदैन। यहाँ सही र सत्य बोलेर, निडर र निर्भीक भएर जस्ताको तस्तै बताएर नै पार्टीले यो उचाइ हासिल गरेको हो,’ उनले भने।

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो?

लेखकको बारेमा

प्रतिक्रियाहरू

कृपया सभ्य र मर्यादित भाषामा प्रतिक्रिया दिनुहोस्। अपमानजनक, मानहानिकारक वा घृणा फैलाउने प्रतिक्रियाहरू हटाइनेछन्।

प्रतिक्रिया दिनुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित गरिने छैन। आवश्यक फिल्डहरूमा * चिन्ह लगाइएको छ

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। आफ्नो विचार राख्ने पहिलो व्यक्ति बन्नुहोस्।

राजनीति बाट थप

थप — राजनीति

प्रीति ⇄ युनिकोड कन्भर्टर

रूपान्तरण पूर्ण रूपमा तपाईंको ब्राउजरमै हुन्छ; तपाईंको पाठ कतै पठाइँदैन।