विज्ञापन
समाज

ताप्लेजुङबाट हटाइयो ६ सय ४० जना मतदाताको नाम

ताप्लेजुङ जिल्ला निर्वाचन कार्यालय ताप्लेजुङले २०८२ साल चैत २३ देखि २०८३ भदौ २३ गतेसम्ममा ताप्लेजुङका लागि कायम भएको मतदातामध्ये मृत्यु भएका ६ सय ४० जनाको नाम हटाएको छ।

जिल्ला निर्वाचन कार्यालयका सूचना अधिकारी वान्दवराज (विपिन) दुलालका अनुसार यो अवधिमा ५ सय ४५ जनाको दोहोरो नाम हटाएको छ भने ३ सय ४९ जनाको ठेगाना परिवर्तन गरेको छ। २१ जनाको नाम प्रमाण नपुगेर रद्द भएको छ भने ३ जनाको नाम मतदाता नामावलीबाट हटाइएको समेत जिल्ला निर्वाचन कार्यालयले जनाएको छ।

जिल्ला निर्वाचन कार्यालयका अनुसार २०८३ साल भदौ १५ गतेसम्ममा ताप्लेजुङमा ८९ हजार ७ सय जना मतदाता कायम भएका छन्। ४८ हजार ४८ जना पुरुष र ४१ हजार ६ सय ५२ जना महिला मतदाता कायम भएको समेत जिल्ला निर्वाचन कार्यालयले जनाएको छ।

विज्ञापन

२०८२ साल फागुन २१ गते सम्पन्न प्रतिनिधिसभाको निर्वाचनमा ९० हजार ३ सय २७ मतदाता थिए। त्यसमध्ये ४८ हजार २ सय ८५ पुरुष र ४२ हजार ४२ महिला मतदाता रहेका थिए। उति बेला ताप्लेजुङका लागि ८० मतदान स्थल र १ सय २७ मतदान केन्द्र कायम भएका थिए।

सोभन्दा अघिको निर्वाचनका लागि लागि भने ७५ मतदान स्थल र १ सय २३ मतदान केन्द्र थिए।

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो?

लेखकको बारेमा

प्रतिक्रियाहरू

कृपया सभ्य र मर्यादित भाषामा प्रतिक्रिया दिनुहोस्। अपमानजनक, मानहानिकारक वा घृणा फैलाउने प्रतिक्रियाहरू हटाइनेछन्।

प्रतिक्रिया दिनुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित गरिने छैन। आवश्यक फिल्डहरूमा * चिन्ह लगाइएको छ

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। आफ्नो विचार राख्ने पहिलो व्यक्ति बन्नुहोस्।

समाज बाट थप

थप — समाज

प्रीति ⇄ युनिकोड कन्भर्टर

रूपान्तरण पूर्ण रूपमा तपाईंको ब्राउजरमै हुन्छ; तपाईंको पाठ कतै पठाइँदैन।