विज्ञापन
समाज

दानबहादुर कार्कीको रिट सर्वोच्चमा दर्ता, पेसी अनिश्चित

निवर्तमान प्रहरी महानिरीक्षक दानबहादुर कार्कीको रिट सर्वोच्च अदालतमा दर्ता भएको छ।

सरकारले आफूलाई गैरकानूनी तवरले जिम्मेवारीबाट हटाइएको भन्दै पुनर्वहालीको माग गर्दै कार्कीले दायर गरेका रिट शुक्रबार दर्ता भएको हो।

उनले बिहीबार वकिलहरूमार्फत सर्वोच्च अदालतमा रिट दर्ता गरेका थिए। तर, रिट अध्ययनपछि मात्र रिट दर्ता हुने हुँदा शुक्रबार दर्ता भएको हो।

विज्ञापन

रिट दर्ता भए पनि पेसी भने अनिश्चित देखिएको छ। सामान्यतया रिट दर्ता भएको भोलिपल्टदेखि नै पेसी तोक्ने चलन छ। तर, शनिबारदेखि २५ गते बुधबारसम्म तिहार बिदा भएका कारण तिहारपछि मात्रै कार्कीको रिटमा पेसी तोकिने छ।

सरकारले कार्कीलाई प्रहरी महानिरीक्षक पदबाट हटाएर प्रधानमन्त्रीको सुरक्षा सल्लाहकारको जिम्मेवारी दिएको छ।

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो?

लेखकको बारेमा

प्रतिक्रियाहरू

कृपया सभ्य र मर्यादित भाषामा प्रतिक्रिया दिनुहोस्। अपमानजनक, मानहानिकारक वा घृणा फैलाउने प्रतिक्रियाहरू हटाइनेछन्।

प्रतिक्रिया दिनुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित गरिने छैन। आवश्यक फिल्डहरूमा * चिन्ह लगाइएको छ

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। आफ्नो विचार राख्ने पहिलो व्यक्ति बन्नुहोस्।

समाज बाट थप

थप — समाज

प्रीति ⇄ युनिकोड कन्भर्टर

रूपान्तरण पूर्ण रूपमा तपाईंको ब्राउजरमै हुन्छ; तपाईंको पाठ कतै पठाइँदैन।