विज्ञापन
अर्थतन्त्र

प्रधानमन्त्री राहत कोषमा १६ लाख ४० हजार सहयोग

ठमेल पर्यटन विकास परिषद्ले प्रधानमन्त्री राहत कोषमा रु १६ लाख ४० हजार २१८ आर्थिक सहयोग गरेको छ। परिषद्ले गत भदौ १० गते रसुवाको भोटेकोशीमा आएको बाढीबाट प्रभावित संरचनाको पुनर्निर्माण तथा पुन : स्थापनाका लागि शुक्रबार साँझ काठमाडौंका प्रमुख जिल्ला अधिकारीमार्फत उक्त रकम सहयोग गरेको हो।

परिषद्ले ठमेलमा शुक्रबार साँझ आयोजना गरेको ‘ठमेल क्षेत्रको शान्ति सुरक्षासम्बन्धी छलफल तथा अन्तरक्रिया’ कार्यक्रममा परिषद्का अध्यक्ष राजुमान डङ्गोलले काठमाडौंका प्रमुख जिल्ला अधिकारी ईश्वरीराज पौडेललाई उक्त रकम बराबरको चेक हस्तान्तरण गरे।

यसैबीच, कार्यक्रममा काठमाडौंका प्रजिअ पौडेलले विपद्को क्षणमा ठमेल क्षेत्रका घरधनी तथा व्यवसायीले पीडितका लागि गरेको सहयोगको उच्च प्रशंसा गरे।

विज्ञापन

परिषद्का कोषाध्यक्ष किन्चु ल्हामु भुटिया श्रेष्ठले प्राकृतिक विपद्बाट प्रभावित क्षेत्रको पुनर्निर्माण, भौतिक संरचनाको पुन ः स्थापना तथा प्रभावित नागरिकलाई राहत पुर्‍याउने उद्देश्यले परिषद्ले उक्त रकम सहयोग गरेको जानकारी दिए।

पर्यटन क्षेत्रको विकास, प्रवर्द्धन तथा सामाजिक उत्तरदायित्वका क्षेत्रमा समेत सक्रिय रहँदै आएको परिषद्ले विपद्का बेला प्रभावित समुदायलाई सहयोग गर्नु आफ्नो सामाजिक दायित्व भएको जनाएको छ।

भोटेकोशी क्षेत्रमा आएको बाढीले जनधन तथा भौतिक संरचनामा ठूलो क्षति पुर्‍याएको अवस्थामा परिषद्ले रसुवामा पुगेर रु २५ लाख बराबरको खाद्यान्न, भाडाकुँडा र लत्ताकपडा वितरण गरेको परिषद्का महासचिव पशुपति कँडेलले जानकारी दिए । परिषद्ले विपद् प्रभावित क्षेत्रको पुनर्निर्माणमा सरकार, निजी क्षेत्र तथा विभिन्न सङ्घसंस्थाबीच सहकार्य र एकताबद्ध प्रयास आवश्यक रहेको जनाएको छ।

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो?

लेखकको बारेमा

प्रतिक्रियाहरू

कृपया सभ्य र मर्यादित भाषामा प्रतिक्रिया दिनुहोस्। अपमानजनक, मानहानिकारक वा घृणा फैलाउने प्रतिक्रियाहरू हटाइनेछन्।

प्रतिक्रिया दिनुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित गरिने छैन। आवश्यक फिल्डहरूमा * चिन्ह लगाइएको छ

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। आफ्नो विचार राख्ने पहिलो व्यक्ति बन्नुहोस्।

अर्थतन्त्र बाट थप

थप — अर्थतन्त्र

प्रीति ⇄ युनिकोड कन्भर्टर

रूपान्तरण पूर्ण रूपमा तपाईंको ब्राउजरमै हुन्छ; तपाईंको पाठ कतै पठाइँदैन।