विज्ञापन
शिक्षा

राष्ट्रगुरु योगी नरहरिनाथ अनुसन्धान तथा नवप्रवर्तन केन्द्र बन्ने

नेपाल संस्कृत विश्वविद्यालयका संस्थापक तथा मौलिक ज्ञानका अन्वेषक राष्ट्रगुरु योगी नरहरिनाथको योगदानको सम्मान गर्दै उनकै नाममा ‘अनुसन्धान तथा नवप्रवर्तन केन्द्र’ स्थापना गरिने भएको छ।

विश्वविद्यालयको सिनेट बैठकले यससम्बन्धी प्रस्तावलाई औपचारिक रूपमा अगाडि बढाउने निर्णय गरेको हो।

नेपालको मौलिक इतिहास, संस्कृत वाङ्मय र दर्शनको वैज्ञानिक अध्ययन तथा अनुसन्धानलाई समयसापेक्ष र प्रविधिमैत्री बनाएर अघि बढाउन यो केन्द्रले महत्त्वपूर्ण भूमिका खेल्नेछ। यसले प्राज्ञिक अन्वेषणलाई तीव्रता दिनुका साथै संस्कृत विश्वविद्यालयलाई अनुसन्धानको विशिष्ट केन्द्रका रूपमा स्थापित गर्न सहयोग पुर्याउने शिक्षा तथा खेलकुद मन्त्रालयले बताएको छ।

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो?

लेखकको बारेमा

प्रतिक्रियाहरू

कृपया सभ्य र मर्यादित भाषामा प्रतिक्रिया दिनुहोस्। अपमानजनक, मानहानिकारक वा घृणा फैलाउने प्रतिक्रियाहरू हटाइनेछन्।

प्रतिक्रिया दिनुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित गरिने छैन। आवश्यक फिल्डहरूमा * चिन्ह लगाइएको छ

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। आफ्नो विचार राख्ने पहिलो व्यक्ति बन्नुहोस्।

शिक्षा बाट थप

थप — शिक्षा

प्रीति ⇄ युनिकोड कन्भर्टर

रूपान्तरण पूर्ण रूपमा तपाईंको ब्राउजरमै हुन्छ; तपाईंको पाठ कतै पठाइँदैन।