विज्ञापन
कला तथा मनोरञ्जन

जयपृथ्वीबहादुर सिंह पुरस्कारबाट डा. न्यौपाने र पोखरेल सम्मानित

द राइजिङ स्टार स्कुल, मण्डिखाटार, काठमाडौंको आयोजनामा एक विशेष साहित्यिक तथा सम्मान कार्यक्रम सम्पन्न भएको छ।

विद्यालयका प्राचार्य कृष्णकुमार बोहोराको सभापतित्वमा आयोजित उक्त समारोहमा नेपाल प्रज्ञा-प्रतिष्ठानका प्राज्ञ डा. विष्णुविभु घिमिरेको प्रमुख आतिथ्य रहेको थियो।

कार्यक्रममा मानवतावादी चिन्तक, स्रष्टा तथा पत्रकार जयपृथ्वीबहादुर सिंहको नाममा स्थापित विशेष पुरस्कारबाट शिक्षा तथा साहित्य क्षेत्रका विशिष्ट व्यक्तित्व डा. छायादत्त न्यौपानेलाई र विवश पोखरेललाई सम्मान गरिएको छ।

विज्ञापन

राष्ट्रिय व्यक्तित्व सिंहको मानवीय विचार र आदर्शलाई समाजमा थप उजागर गर्ने उद्देश्यले स्थापित यस पुरस्कारले स्रष्टाको योगदानलाई उच्च मूल्यांकन गरेको छ।

कार्यक्रमलाई सम्बोधन गर्दै वक्ताहरूले जयपृथ्वीबहादुर सिंहको मानवतावादी दर्शन र पत्रकारिता क्षेत्रमा उनले पुर्‍याएको योगदानको स्मरण गर्दै सम्मानित व्यक्तित्व डा. न्यौपानेको प्राज्ञिक र साहित्यिक साधनाको प्रशंसा गरेका थिए।

विद्यार्थीहरूमा नैतिक शिक्षा, मानवीय मूल्य-मान्यता र स्रष्टाप्रतिको सम्मानभाव जागृत गराउने उद्देश्यले यस्ता साहित्यिक तथा सांस्कृतिक कार्यक्रमहरू आयोजना गर्दै आएको विद्यालयले जनाएको छ।

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो?

लेखकको बारेमा

प्रतिक्रियाहरू

कृपया सभ्य र मर्यादित भाषामा प्रतिक्रिया दिनुहोस्। अपमानजनक, मानहानिकारक वा घृणा फैलाउने प्रतिक्रियाहरू हटाइनेछन्।

प्रतिक्रिया दिनुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित गरिने छैन। आवश्यक फिल्डहरूमा * चिन्ह लगाइएको छ

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। आफ्नो विचार राख्ने पहिलो व्यक्ति बन्नुहोस्।

कला तथा मनोरञ्जन बाट थप

थप — कला तथा मनोरञ्जन

प्रीति ⇄ युनिकोड कन्भर्टर

रूपान्तरण पूर्ण रूपमा तपाईंको ब्राउजरमै हुन्छ; तपाईंको पाठ कतै पठाइँदैन।