विज्ञापन
राजनीति

राजनीति बुझेर नेतृत्वदायी भूमिकामा अघि बढ्न युवालाई महासचिव पोखरेलको आग्रह

नेपाल कम्युनिष्ट पार्टी (एमाले) का महासचिव शङ्कर पोखरेलले मुलुकको समृद्धि र विकासका लागि युवाको भूमिका महत्त्वपूर्ण हुने बताएका छन्।

राष्ट्रिय युवा सङ्घ जिल्ला कमिटी लमजुङ र अनेरास्ववियु जिल्ला कमिटी लमजुङको संयुक्त आयोजनामा बिहीबार बेँसीसहर नगरपालिका-७ मा आयोजित युवा तथा विद्यार्थी अन्तरसंवाद कार्यक्रमलाई सम्बोधन गर्दै उनले देश र समाज निर्माणमा युवाको सक्रिय सहभागिता आवश्यक रहेको उल्लेख गरेका हुन्। उनले युवाहरू राजनीतिबाट टाढिन नहुने धारणा राखे।

महासचिव पोखरेलले देशमा परिवर्तन ल्याउन युवा पुस्ताको सक्रिय सहभागिता आवश्यक रहेको बताउँदै राजनीतिलाई बुझेर नेतृत्वदायी भूमिकामा अघि बढ्न युवाहरूलाई आग्रह गरे। शिक्षा, स्वास्थ्य, रोजगारी, पूर्वाधार र सञ्चारलगायत क्षेत्रमा विकासलाई तीव्रता दिन सके मात्रै देश समृद्धिको दिशामा अघि बढ्ने उनले बताए।

विज्ञापन

देशको आर्थिक तथा रोजगारीको अवस्थाबारे चर्चा गर्दै पोखरेलले पहिले करिब ७० प्रतिशत जनसङ्ख्या कृषिमा आधारित रहेकामा पछिल्लो समय कृषि पेसा छाड्ने क्रम बढिरहेको बताए। कृषि पेसाबाट बाहिरिने जनशक्तिका लागि पर्याप्त रोजगारी सिर्जना हुन नसक्दा वैदेशिक रोजगारीमा जाने क्रम बढेको उनको भनाइ छ।

स्वदेशमा रोजगारीका अवसर सृजनाका लागि निजी तथा सेवामूलक क्षेत्रको विकास आवश्यक रहेकामा महासचिव पोखरेलले जोड दिए। ती क्षेत्रको पर्याप्त विस्तार हुन नसक्दा नागरिकले अपेक्षाअनुसार विकासको अनुभूति गर्न नसकेको उनले उल्लेख गरे।

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो?

लेखकको बारेमा

प्रतिक्रियाहरू

कृपया सभ्य र मर्यादित भाषामा प्रतिक्रिया दिनुहोस्। अपमानजनक, मानहानिकारक वा घृणा फैलाउने प्रतिक्रियाहरू हटाइनेछन्।

प्रतिक्रिया दिनुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित गरिने छैन। आवश्यक फिल्डहरूमा * चिन्ह लगाइएको छ

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। आफ्नो विचार राख्ने पहिलो व्यक्ति बन्नुहोस्।

राजनीति बाट थप

थप — राजनीति

प्रीति ⇄ युनिकोड कन्भर्टर

रूपान्तरण पूर्ण रूपमा तपाईंको ब्राउजरमै हुन्छ; तपाईंको पाठ कतै पठाइँदैन।