विज्ञापन
राजनीति

चार वर्ष रवि बालेनका साक्षी मात्र हुन् : गोकुल बाँस्कोटा

नेकपा एमालेका नेता गोकुल बाँस्कोटाले प्रधानमन्त्री बालेन्द्र शाह र राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेबीचको सम्बन्ध तथा पार्टी र राज्यसत्ताको नेतृत्वबारे टिप्पणी गरेका छन्।

उनले निर्वाचनमा जनताले व्यवस्था नभए पनि बालेन्द्र शाहलाई सोझै प्रधानमन्त्रीका रूपमा चुनेको बताएका छन्।

सामाजिक सञ्जालमार्फत बाँस्कोटाले चार वर्षसम्म रवि लामिछाने बालेनको साक्षी मात्र भएको बताए। ‘चुनावमा जनताले व्यवस्था नभए पनि बालेनलाई सोझै प्रम चुनेका हुन्। तसर्थ चार वर्ष रवि बालेनको साक्षी मात्र हुन्,’ उनले भने।

विज्ञापन

उनले पार्टी सत्ता र राज्यसत्ताको नेतृत्वबीच द्वन्द्व हुँदा पार्टी नेतृत्व पराजित भएका उदाहरण विगतमा पनि रहेको उल्लेख गरेका छन्।

‘यो नयाँ होइन। पार्टी सत्ता र राज्यसत्ताको नेतृत्व द्वन्द्वमा पार्टी हारेको इतिहास छ। बीपी–मातृकादेखि आजसम्म यत्रतत्र सर्वत्र,’ उनले लेखेका छन्।

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो?

लेखकको बारेमा

प्रतिक्रियाहरू

कृपया सभ्य र मर्यादित भाषामा प्रतिक्रिया दिनुहोस्। अपमानजनक, मानहानिकारक वा घृणा फैलाउने प्रतिक्रियाहरू हटाइनेछन्।

प्रतिक्रिया दिनुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित गरिने छैन। आवश्यक फिल्डहरूमा * चिन्ह लगाइएको छ

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। आफ्नो विचार राख्ने पहिलो व्यक्ति बन्नुहोस्।

राजनीति बाट थप

थप — राजनीति

प्रीति ⇄ युनिकोड कन्भर्टर

रूपान्तरण पूर्ण रूपमा तपाईंको ब्राउजरमै हुन्छ; तपाईंको पाठ कतै पठाइँदैन।