नेपाली ‘यु–१९’ महिला क्रिकेट टोलीले ‘आइसिसी’ महिला ‘टी–२०’ विश्वकपको तयारीका क्रममा दुई अन्तर्राष्ट्रिय प्रतियोगितामा सहभागिता जनाउने भएको छ।
नेपाल क्रिकेट सङ्घ (क्यान)ले आज विज्ञप्ति जारी गरी विश्वकपको तयारीका क्रममा थाइल्याण्ड र भारतमा आयोजना हुने प्रतियोगितामा नेपाली टोली सहभागी हुने जानकारी दिएको हो।
क्यानका सचिव पारस खड्काद्वारा जारी विज्ञप्तिअनुसार नेपालले आगामी नोभेम्बर ३ देखि ८ सम्म चीनमा आयोजना हुने ‘बेल्ट एन्ड रोड यु–१९ गल्र्स टी–२०आई’ प्रतियोगितामा प्रतिस्पर्धा गर्नेछ।

उक्त प्रतियोगितामा आयोजक चीनसहित नेपाल, थाइल्याण्ड र हङकङले प्रतिस्पर्धा गर्नेछन्।
यस्तै, नोभेम्बर १० देखि २२ सम्म भारतको बेङ्गलुरुमा आयोजना हुने त्रिदेशीय शृङ्खलामा पनि नेपाली टोलीले सहभागिता जनाउने छ।
उक्त शृङ्लामा नेपाल यु–१९ महिला टोलीका साथै भारत यु–१९ महिला ‘ए’ र भारत यु–१९ महिला ‘बी’ टोलीले प्रतिस्पर्धा गर्ने क्यानले जनाएको छ।


प्रतिक्रियाहरू
कृपया सभ्य र मर्यादित भाषामा प्रतिक्रिया दिनुहोस्। अपमानजनक, मानहानिकारक वा घृणा फैलाउने प्रतिक्रियाहरू हटाइनेछन्।
अहिलेसम्म कुनै प्रतिक्रिया छैन। आफ्नो विचार राख्ने पहिलो व्यक्ति बन्नुहोस्।