विज्ञापन
अपराध

मापसे र लापसे गरी सवारी चलाउने एक हजार २०६ चालक कारबाहीमा

काठमाडौँ। काठमाडौँ उपत्यकामा मादक पदार्थ तथा लागुपदार्थ सेवन गरी सवारीसाधन चलाउने एक हजार २०६ जना चालक कारबाहीमा परेका छन्।

काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयका अनुसार घटस्थापनादेखि आज कात्तिक ९ गतेसम्मको अवधिमा मादक पदार्थ सेवन (मापसे) गरी सवारी चलाउने एक हजार १६५ जना र लागुपदार्थ सेवन (लापसे) गरी सवारी चलाउने ४१ जनालाई कारबाही गरिएको हो।

कार्यालयका प्रमुख एवं प्रहरी वरिष्ठ उपरीक्षक सुरेशप्रसाद काफ्लेका अनुसार मापसे गरी सवारी चलाएको अभियोगमा कारबाहीमा परेकामध्ये ६६ जना सार्वजनिक सवारीका चालक छन्।

विज्ञापन

त्यस्तै, लापसे गरी सवारी चलाएको अभियोगमा कारबाहीमा परेका ४१ जना सार्वजनिक सवारीका चालक रहेको उनले जानकारी दिए।

मादक पदार्थ तथा लागुपदार्थ सेवन गरी सवारी चलाउनु गैरकानुनी कार्य भएकाले संलग्न चालकलाई ट्राफिक ऐनअन्तर्गत कारबाही गरिएको प्रमुख काफ्लेले बताए।

मादक पदार्थ तथा लागुपदार्थ सेवन गरी सवारी चलाउँदा दुर्घटनाको जोखिम बढ्नसक्ने भन्दै ट्राफिक प्रहरीले यस्ता गतिविधिमाथि निगरानी र कारबाहीलाई निरन्तरता दिइएको जनाएको छ।

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो?

लेखकको बारेमा

प्रतिक्रियाहरू

कृपया सभ्य र मर्यादित भाषामा प्रतिक्रिया दिनुहोस्। अपमानजनक, मानहानिकारक वा घृणा फैलाउने प्रतिक्रियाहरू हटाइनेछन्।

प्रतिक्रिया दिनुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित गरिने छैन। आवश्यक फिल्डहरूमा * चिन्ह लगाइएको छ

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। आफ्नो विचार राख्ने पहिलो व्यक्ति बन्नुहोस्।

अपराध बाट थप

थप — अपराध

प्रीति ⇄ युनिकोड कन्भर्टर

रूपान्तरण पूर्ण रूपमा तपाईंको ब्राउजरमै हुन्छ; तपाईंको पाठ कतै पठाइँदैन।